बिहीबार, वैशाख १३, २०८१

सिन्धुपाल्चोक १ का एमाले उम्मेदवार सरेश नेपाल भन्छन्- मेरो माफी पत्र गोप्य राखिदिनुस् (पत्र सहित)

मेरोन्यूज २०७९ मंसिर १ गते २१:१२

काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका एमाले नेता सरेश नेपालले पार्टीभित्र आफूबाट भएका गल्तिका सूचि सार्वजनिक नगरिदिन अनुनय गरेका छन् ।

उनले जिल्ला पार्टीको विभिन्न तहमा रहँदा पटक पटक अन्तरघात र पार्टी पंक्तिमा ठूलो क्षती पुग्ने काम गरेको स्वीकार्दै आफ्नै पार्टीका नेताहरुको चरित्रहत्या र सुराकी गरेको विषय बाहिर नलगिदिन भनेका हुन् ।

नेपालको औंठाछाप र हस्ताक्षर भएको काजगातमा आफ्नै कुविचार र कुबुद्धिले पार्टीमा ठूलो क्षती पुगेको, पार्टी भित्र र बाहिरका व्यक्तिहरुको चरित्रहत्या भएको, आपत्तिजनक, भ्रामक र कपोकल्पित कुराहरु बाहिर ल्याई मानसिक यातना दिने काम हुन पूगेको भनेका छन् ।

आफ्नै पार्टीका अग्रज नेतृत्व, कार्यकर्ता, कर्मचारी, व्यापारी अन्य दलका नेता कार्यकर्ता विरुद्ध सुराकी गरेको, अत्यन्तै आपत्तीजनक भ्रामक र कपोकल्पित समाचार प्रचार प्रसार गरेर चरित्रहत्या गरेको माफी पत्रमा उनको स्वीकारोक्ति छ । पार्टीलाई बुझाएको गोप्य पत्रमा नामै तोकेर पार्टीका नेता कार्यकर्तालाई चरित्र हत्या, दुख र मानसिक यातना दिएको स्वीकार गरिएको छ ।

कागजपत्रमा कांग्रेस नेता मोहन बहादुर बस्नेत र राप्रपा नेता पशुपति सम्शेर राणाको नाम पनि जोडिएको छ । नेताहरुलाई सिन्धुपाल्चोकबाट समाप्त गर्ने गतिविधि सञ्चालन गरेको, पार्टीको विभिन्न नेताहरु र कार्यकताहरुलाई अनावश्यक दोष लगाएको विषय गोप्य पत्रमा उल्लेख छन् ।

पार्टीमा अन्तरघात छानविन गर्न बनेको समितिको प्रतिवेदनमा पनि उम्मेदवार नेपाललाई पार्टीका नेता हराउने प्रमुख जिम्मेवार ठहर गरिएको छ । आफ्ना उम्मेदवार विरुद्ध भोट नहाल्न आव्हान गरेको, उम्मेदवारसँग कार्यक्रममा जान अस्वीकार गरेकोलगायतका निष्कर्ष निकाल्दै लिखित आत्माआलोचना गराउन उक्त समितिको प्रतिवेदनमा भनिएको छ ।

हेर्नुहोस पत्रहरु

सरेश नेपालको माफी पत्र
पार्टीभित्र अन्तरघात छानविन गर्न एमालेले बनाएको समितिको प्रतिवेदनको निश्कर्ष : जहाँ सरेशको बारेमा यस्तो निर्णय भएको थियो
सुरेश नेपालको एमालेबाट दिएको राजीनामापत्र

प्रतिक्रिया