बुधबार, वैशाख १२, २०८१

प्रवासी नेपालीको भोट हाल्ने अधिकार कुण्ठित पारियो : रवि लामिछाने

मेरोन्यूज २०७९ मंसिर १ गते २०:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रवासी नेपालीको भोट हाल्ने अधिकार कुण्ठित पारेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा पदका उम्मेदवारसमेत रहेका उनले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारिएको बताएका हुन् ।

‘विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको छ, हामीले जितेपछि तपाईंहरुको भोट हाल्ने अधिकार सुनिश्चित गर्न कानून बनाउने छौँ,’ उनले भने ।

उम्मेदवार लामिछानेले विदेशबाट फर्किएका नेपाली नागरिकलाई देश फर्किँदा भीभीआईपी प्रमाणपत्र दिएर सम्मानका साथ एयरपोर्टमा आफै रिसिभ गर्न आउने बताए ।

प्रतिक्रिया