आइतबार, जेठ ६, २०८१

युक्रेनबाट पछि हटेको रुसले गर्‍यो भीषण हवाई हमला

मेरोन्यूज २०७९ मंसिर १ गते १९:००
Russian MiG-31BM fighter jets fly over central Moscow during the general rehearsal of the Victory Day military parade on May 7, 2022. – Russia will celebrate the 77th anniversary of the 1945 victory over Nazi Germany on May 9. (Photo by Kirill KUDRYAVTSEV / AFP)

काठमाडाँै । रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ ।

Advertisement

युक्रेनी अधिकारीका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । घटनामा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका थिए ।

इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको बताए ।

महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरेको घोषण तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन । युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्धविभिषिका चर्काएको छ ।

किएभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँच वटा मानवरहित विमान खसालेको बताएको छ । स्थल युद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बाढएको छ ।

प्रतिक्रिया