शुक्रबार, चैत १६, २०८०

‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी

मेरोन्यूज २०७९ मंसिर १ गते ११:००

काठमाडौं । सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ ।

अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।

फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी हो’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।

त्यही भिडियोलाई अभिनेता अनुपम खेरले आफ्नो अफिसियल ट्वीटर हेण्डलमा शेयर गरेका छन् । उनले नेपाली दर्शकप्रति आभार पनि व्यक्त गरेका छन् । यो फिल्मले नेपाल र भारतमा राम्रो व्यापार गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया