आइतबार, जेठ ६, २०८१

ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

मेरोन्यूज २०७९ कार्तिक ३० गते ९:३९

न्युयोर्क । रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी  कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ । रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा  बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो ।

Advertisement

“हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औं कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,“ हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत भने । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।

सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठूलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ ।

१०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ । 
अहिले न्यान्सी पेलोसी सभामुख छिन् ।एजेन्सी 
 

प्रतिक्रिया