आइतबार, जेठ ६, २०८१

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

मेरोन्यूज २०७९ कार्तिक २९ गते १४:२१

Advertisement

काठमाडौँ । संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेको जनाएको छ ।

यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समय सीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो ।

सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । 
 

प्रतिक्रिया