मंगलबार, जेठ १, २०८१

यस्ता छन् भिभोका उत्कृष्ट स्मार्टफोनहरू

मेरोन्यूज २०७९ कार्तिक २८ गते १६:५४

काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले बजारमा ‘कम मूल्यमा धेरै’ भन्ने रणनीतिमा सफलतापूर्वक कार्यान्वयन गर्दै आइरहेको छ । भिभोले सुलभ मूल्यका विकल्पद्वारा बजारमा आफ्नो पकड बनाएको छ ।

Advertisement

भिभोका अनुसार, नवीनता यस ब्राण्डको आधार हो । भिभोका लागि, इनोभेसन भनेको बजारमा सुलभ मूल्यमा अत्याधुनिक विशेषता र नयाँ प्रविधि प्रदान गर्नु हो । भिभोले आफ्नो स्मार्टफोनमा ल्याउने हरेक नयाँ सुविधा छिटो नै मापदण्ड बन्ने गरेको छ ।

यसमध्ये वाई र भी सिरिजका धेरै स्मार्टफोनमा कम्पनीले प्राय डिजाइन र विशेषतामा नवीनता प्रदर्शन गर्दछ ।

सुलभ वाई सिरिज

भिभोले वाई सिरिजका स्मार्टफोनहरू विशेष गरी युवाको स्मार्टफोनको चाहना र मागलाई ध्यानमा राखेर डिजाइन गरेको छ । युवा प्रयोगकर्ताको सुझावका आधारमा, यस श्रृङ्खलाका प्रत्येक स्मार्टफोन सिर्जना गर्नुका साथै सुधार गरिएको छ ।

वाई ५५, वाई १६, वाई १५ सी, वाई ०१, र वाई ३३ एसलगायतका स्मार्टफोनले शक्तिशाली प्रदर्शन क्षमता, अत्याधुनिक क्यामेरा र दैनिक क्रियाकलापमा प्रयोगकर्तालाई समर्थन गर्न सक्ने विशाल ब्याट्री प्रदान गर्दछ ।

यसमा शक्तिशाली प्रोसेसर, लामो समय टिक्ने ५००० एमएएच ब्याट्री, सुन्दर तस्बिरहरूका लागि उच्च गुणस्तरको क्यामेरा र विभिन्न मूल्य दायरामा विभिन्न सुविधा छन् । यी स्मार्टफोन आधुनिक र प्राविधिक रूपमा उन्नत भावनाको साथ विकसित गरिएका छन् ।

प्रिमियम भी सिरिज

भी सिरिजले आफ्नो उत्कृष्ट क्यामेरा र अत्याधुनिक डिजाइन टेक्नोलोजीको साथ अन्य स्मार्टफोनका लागि मापदण्ड बढाएको छ । साथै, यस सिरिजका स्मार्टफोनमा अत्याधुनिक अपरेटिङ सिस्टम, ठूलो मेमोरी क्षमता र शक्तिशाली कम्प्युटिङ क्षमताहरू समावेश छन् ।

भी २३ फाइभजी र भी २५ सिरिजमा उद्योगको अग्रणी रंग परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइन छ । जसले प्रयोगकर्तालाई कुनै पनि परिस्थितिमा तयार र ट्रेण्डी राख्न मद्दत गर्दछ ।

भी २५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । यसमा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडीमा तस्बिरहरू र भिडियोहरू खिच्न सक्छ । भी २१, भी २१ई, भी २३, भी २५ई र भी २५ यस सिरिजमा युवाहरूले मन पराउने स्मार्टफोनमध्ये एक हुन् ।

वाइड एंगल क्यामेरा, म्याक्रो क्यामेरा र आई अटोफोकस यी सबै उपकरणमा उपलब्ध हुने सुविधामध्ये हुन् । यो सिरिजले ग्राहकलाई स्टाइलिस फोटो खिच्न र व्यक्तिगत स्टाइलसँग मिलाएर अप्डेटेड रहन सक्षम बनाउँछ ।

यसको उल्लेखनीय र अतुलनीय कार्य सम्पादनका कारण, भिभोलाई जीवनस्तर वृद्धि र सरल बनाउने प्रविधि सिर्जना गर्ने विशेषज्ञको रूपमा लिइन्छ । तसर्थ, धेरै विकल्पको दायरामा यहाँ सबैको जीवन शैलीमा फिट हुने उपकरण छन् ।

प्रतिक्रिया