मंगलबार, जेठ १, २०८१

ट्वीटरका नयाँ मालिक मस्कले जी २० को बैठकलाई सम्बोधन गर्ने

मेरोन्यूज २०७९ कार्तिक २७ गते १४:१८

काठमाडौँ । अमेरिकी अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने भएका छन् ।

Advertisement

उनी  इण्डोनेसिया नगई भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इण्डोनेसियाली अधिकारीले जानकारी दिए । उनले बालीको रिसोर्ट टापुमा जी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । 

यस्तै, जी २० ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई सहभागीका रूपमा सूचीबद्ध गरेको छ ।
 
इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्नेबारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए । 
 

प्रतिक्रिया