बिहीबार, वैशाख ६, २०८१

एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम मुख्यमन्त्री भट्टलाई

मेरोन्यूज २०७९ कार्तिक २५ गते १३:१७

गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । 

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।
 
बिहीबार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।

एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन् । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको  प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।
 

प्रतिक्रिया