शुक्रबार, वैशाख १४, २०८१

महोत्तरी भंगाहा घटना छानबिन गर्न समिति गठन

मेरोन्यूज २०७९ कार्तिक ११ गते १९:०४


काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको भंगाहा नगरपालिकामा बिहीबार मुस्लिम र हिन्दु समुदायबीच भड्किएको हिंसाका क्रममा भएको क्षतिका सम्वन्धमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णयका आधारमा शुक्रवार मन्त्रालयका सहसचिव शिवराम पाखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, शसस्त्र प्रहरीका साहायक प्रहरी महानिरीक्षक किशोर प्रधान, राष्टिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य छन् ।

समितिलाइ ७ दिनभित्र घटनाको सन्तय तथ्य बुझि प्रतिवेदन पेश गर्न मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया