शनिबार, जेठ ५, २०८१

प्रचण्ड- माधवलाई गठबन्धनमा मत ‘ट्रान्सफर’ नहुने चिन्ता

पोखरा पुगेर फेरि प्रचण्डले भने- गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं, आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ

मेरोन्यूज २०७९ कार्तिक ४ गते १४:२१

काठमाडौं । लामो छलफल र तयारीका साथ सत्ता गठबन्धन दलले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतानित्रक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन निर्माण गरेर आगामी मंसिर ४ को चुनावमा सहभागी हुँदैछन् । सत्ता पक्षले गठबनधन निर्माण गरेपछि दवावमा परेको नेकपा एमालेले पनि कतै राप्रपा, कतै जनता समाजवादी पार्टी जसपा सँग चुनावी तालमेल मात्रै गरेन, नेपाल परिवार दलका अध्यक्षलाई समानुपातिक सूचीमा राख्ने देखि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमलेकै सूर्य चिन्हका उम्मेदवारब नाउने सम्मको काम गरयो ।

Advertisement

त्यक्तिले मात्र नभएर कांग्रेसको शेखर कोइराला पक्ष (असन्तुष्ट पक्ष)का केहीले स्वतन्त्रमा दिएको उम्मेदवारीलाई साथ दिएर आफनो उम्मेदवारी फिर्ता लिएर अनौठो तालमेल सम्म एमालेले गरयो । यसले अर्काेतिर सत्ता गठबन्धभन दलपनि दवावमा परेका छन् ।

शुरुमा एमाले मात्रै वाहिर राखेर सत्ता गठबन्धन दलले निर्वाचनमा जाँदा एमाले गत स्थानीय तहको निर्वाचन मत परिणामका आधारमा ८/९ सिटमा मात्र खुम्चने विश्लेषण राजनीतिक वृतमा गरिन थालिएको थियो । तर एमालेले मधेसका ८ जिल्ला सहित १४ जिल्लामा जनता समाजवादी पार्टीसँग गरेको तालमेल र राप्रपासाग तीन जिल्लामा गरेको तालमेलले एमाले पनि बलियो पोजिसनमा देखिन थालेको छ ।

यसले सत्ता गठबन्धन दलका नेताहरुमा भने गठबन्धन गरेपनि मत ‘ट्रान्सफर’ हुन्छ/हुन्न भन्ने चिन्ता देखिन थालेको छ । खासगरी यस्तो चिन्ता नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेताहरुले गठबन्धन दलका बैठक देखि आन्तरिक चुनावी तयारी, प्रशिक्षण र भेलाहरुमा ब्यक्त गर्न थालेका छन् ।

फरक विचार धाराका पार्टीहरुका वीचमा वाम लोकतानित्रक गठबन्धन निर्माण हुनु र विगतमा माओवादी जनयुद्धका क्रममा कांग्रेस र माओवादीका वीचमा देखिएको तिक्त सम्वनधका कारण पनि मत ‘ट्रान्सफर’ मा समस्या देखिन सक्ने भएकाले नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका हुन् ।

त्यसमाथी विपक्षी नेता केपी ओलीले गठबन्धन दलका वचिमा भाँजो ल्याउन बुनेका अनेक रणनीतिले पनि गठबन्धन दलभित्रका माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई झस्काएको छ । त्यसैका विम्वका रुपमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले त्यस्तो चिन्ता निरन्तर ब्यक्त गर्न थालेका हुन् ।

शुक्रवार पोखरामा सत्ता गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा सहभागी माओवादीका अध्यक्ष प्रचण्डले त्यस्तो चिन्ता फेरि पनि दोहोर्‍एका छन् । उनले शुक्रबार पनि भने,–‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं । गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

कांग्रेसलाई गठबन्धनमा रहेका पार्टीका थोरै भोट प्राप्त हुँदा पनि लाभ हुने तर त्यही अनुपातमा गठबन्धनका अन्य दलले लाभ लिन नसक्ने सम्भावना देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले निरन्तर मत ट्रान्सफर’को चिन्ता दोहो¥याईरहेका हुन् । प्रचण्डले यस्तो चिन्ता केही दिन अगाडी काठमाडौंमा आयोजित सत्ता गठबन्धनको एक चुनावी कार्यक्रममा पनि ब्यक्त गरेका थिए ।

‘हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने रु रूखले हँसिया हथौडामा कसरी भोट हाल्ने रु अहिले यस्तो आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु तर यो अर्थहीन छ । म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं । जतिबेला हामीले शान्ति सम्झौता गर्‍यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ,’ प्रचण्डले केही दिन अगाडी मात्रै काठमाडौंमा आयोजित चुनावी सभामा भनेका हुन् ।


स्थानीय तह निर्वाचनमा तालमेल अनुसार माओवादीले गठबन्धनमा इमान्दारिता देखाएर मत कांग्रेसका उम्मेदवारलाई दिएको तर सोही अनुपातमा कांग्रेसका नेताहरुको मत भने माओवादी , त्यसवेला गठबन्धनमा रहेको जसपा लगायतका दलहरुले पाउन नसकेको तथ्य छ । जसपाले विराटनगर महानगरपालिका, वीरगन्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा गरेको तालमेल अनुसार कांग्रेसले इमान्दारिता देखाएका थिएनन ।

यसपटक देशैभर झ्न स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेको र गठबन्धनप्रति असन्तुष्ट रहेको मत स्वतन्त्र तिर केन्द्रीत हुन पुग्दा विपक्षी गठबन्धनका उम्मेदवारहरु विजयी बन्न सक्ने भएकाले आफना उम्मेदवारहरु कतै पराजित हुने पो हुन की भन्ने चिन्ता गठबन्धन दलका नेताहरुलाईब ढी देखिन्छ ।

त्यसैलाई लक्षित गदै निरन्तर गठबन्धनका नेताहरुले विगतको आग्रह पूर्वाग्रह त्याग्न, गठबन्धन ५ वर्ष सम्मै जाने भएकाले गठबन्धनका दलहरुलाई नै मत दिन निरन्तर आग्रह गरिरहेका छन । मुख्यत : कांग्रेसभित्र सस्थापन, शेखर कोइराला पक्ष र अन्य समुहका नेताहरुका आ आफना समुह रहेको र टिकट वितरणमा देखिएका केही कांग्रेसभित्रकै असमझदारीका कारण पनि त्यसको असर पर्न सक्ने आशंका गठबन्धनका कांग्रेस वाहेकका दलमा देखिन्छ । यसले पनि उनीहरुले निरन्तर सत्ता गठबन्धनका बैठक र आन्तरिक चुनावी कार्यक्रममा मत ‘ट्रान्सफर’को चिन्ता देखाईरहेका छन् ।

‘गठबन्धन गर्दा स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, शुक्रवार पोखरको कार्यक्रममा प्रचण्डले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

प्रचण्ड र माधव नेपालले मत टान्सफरमा देखाईरहेको चिन्तालाई भने कांग्रेसका सभापतिले आस्वस्त पार्ने प्रयास गरिरहेका छन् । शुक्रवार प्रचण्डले मत टान्सफरकै चिन्ता देखाएपछि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाले गठबन्धनमा शंका नगर्न आग्रह गरेका थिए । ‘गठबन्धन नगर्ने हो भने कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, प्रधानमन्त्रीले भने ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

प्रतिक्रिया