सोमबार, जेठ ७, २०८१

कमेडियन अपूर्व धरौतीमा रिहा

मेरोन्यूज २०७९ कार्तिक ३ गते १८:१६

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौतीमा छाड्न आदेश दिएको छ ।

Advertisement

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

युट्युबमा कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषय वस्तु बनाएको भन्दै उजुरी परेपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया