मंगलबार, वैशाख ४, २०८१

प्रधानमन्त्री बन्न सबै किसिमले योग्य छु : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गरेका छन् ।

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र पार्टीको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू योग्य रहेको बताएका हुन् । उनले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न कमजोर नभएको बतए ।

नेता सिंहले काठमाडौँ १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवार खडा भए पनि स्थानीयको कामका लागि योग्य रहेको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै भएको दललाई फुटाएर अर्को दलमा मिलेकाहरू रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्ने बताए ।

प्रतिक्रिया