किसान श्रेष्ठको फण्डा : युवालाई विदेश पठाइदिने भन्दै अन्तर्वार्ता (भिडिओ)
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतबार बिहानदेखि निःशुल्क मलेसिया जाने युवाको भिड लागेको छ ।
ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनीमार्फत बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरूको अन्तर्वार्ता लिन थालेको हो । मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनीमा ‘फ्रि टिकेट, फ्रि भिजा’ दिएर पठाउने योजना छ ।
चुनावलाई केन्द्रित गरेर नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवालाई प्रलोभनमा पार्ने काम भएको हो ।
उनीहरूका अनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ । यता नेता श्रेष्ठका प्रतिस्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम
गरेकोप्रति आपत्ति जनाएका छन् ।








महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया