शनिबार, जेठ ५, २०८१

२०७४ का प्रतिनिधिसभा सांसद

चुनावी मैदानमा एमालेका ५२ सांसद, फेरि आउँलान् जितेर ?

प्रतिनिधिसभामा एमालेको कुल ९८ सांसदमध्ये ३७ सांसद रिङ आउट, ५२ दोहोरिन चुनावी मैदानमा, अन्य ९१ नेता संसद छिर्ने दाउमा

शितल शर्मा २०७९ असोज २६ गते १९:४५

काठमाडौं । नेकपा एमालेका हाल प्रतिनिधीसभामा रहेका मध्ये ५२ जना सांसद फेरि प्रतिनिधीसभामा दोहोरिनका लागि चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनपछि प्रतिनिधीसभामा एमालेका समानुपातिक र प्रत्यक्ष गरी कुल १२१ सांसद थिए ।

Advertisement

माधव नेपालले नेकपा विभाजन (एमाले र माओवादी एकता असफल भएपछि) पछि एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीसँग असहमत रहेर एमाले विभाजन गरेपछि एमालेसँग ९८ जना सांसद मात्र बाँकी रहेका थिए ।

त्यसमध्येका पनि सोमप्रसाद पाण्डे कानुनीरुपमा एमालेमै रहेपनि पार्टीगत रुपमा माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीतिर थिए । उनी अहिले एकीकृत समाजवादीबाट पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा उम्मेदवार छन् । अर्की नेतृ तथा वामदेव गौतम पत्नी तुलसी थापा भने वामदेवले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियानमा जोडिएकी थिइन् । उनी वामदेवको पार्टीमा रहेकीले अहिलेको चुनावमा उनी समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेद्वार छैनन् ।

यस हिसावले हेर्दा एमालेसँग कुलमा ९६ जना सांसद प्रतिनिधीसभामा थियो ।

यसमध्येका ५२ नेता फेरि आगामी ५ वर्षका लागि प्रतिनिधीसभा छिर्ने योजनामा चुनावी मैदानमा छन् । बाँकी ३ जना प्रतिनिधीसभा छोडेर प्रदेश सभाको चुनावी मैदानमा छन् । ३ जनाले भने एमालेबाट विद्रोह गरेर मंसिर ४ को निर्वाचनमा प्रतिनिधीसभामै उम्मेदवारी दिएका छन् ।

यसरी विद्रोह गरेर उममेदवार दिनेमध्ये एमाले स्थायी समितिमै रहेका वौद्दिक र वैचारिक नेता घनश्याम भुसालले एमाले नै छोडेर माओवादीको कोटामा सत्ता गठबन्धन दलको साथ लिएर रुपन्देही १ मा स्वतनत्रबाट एमालेकै पार्टी सचिव छविलाल विश्वकर्मा विरुद्ध चुनावी मैदानमा उत्रेका छन् ।

काठमाडौं ७ मा दुईटा चुनाव जितिसकेका रामबीर मानन्धर एमालेले टिकट नदिएपछि एमालेकै उम्मेदवार श्यामकुमार घिमिरे र गंगा चौधरी (सत्गौवा) प्रतिनिधीसभामा एमालेको सचेतक भएर भूमिका खेलकी शान्ता चौधरीको बागी उम्मेदवार भएर स्वतन्त्रबाट दाङ १ मा चुनावी मैदानमा उत्रेकी छिन् ।

बाँकी ३७ जना (२०७४ को चुनावपछि एमालेको सांसद बनेका) नेताहरु चुनावमा एमालेका तर्फबाट प्रत्यक्ष या समानुपातिक दुवैमा टिकट हात पार्न असफल भएपछि संसदीय राजनीतिबाट बाहिरिनु परेको छ ।

तीन जना नेताहरु खगराज अधिकारी, केदार सिग्देल र शान्तिमाया तामाङ पाख्रिन भने प्रदेश सभातर्फको चुनावी मैदानमा उत्रेका छन् । गत प्रतिनिधीसभा चुनावमा एमालेकै चुनाव चिन्ह्रमा चुनाव लडेका हदेयश त्रिपाठी र बृजेशकुमार गुप्तामध्ये गुप्ता एमालेमै प्रवेश गरेर फेरि यसपटक पनि चुनावी मैदानमा छन् । त्रिपाठी भने आफ्नो अलग्गै पार्टी बनाएर एमालेसँगको साइनो तोडेर वाहिरिएका छन् । उनी आफ्ुनै दल र चुनाव चिन्ह्रबाट अहिले उम्मेदवार बनेका छन् ।

गत चुनावमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामिलेर वाम गठबन्धन गरेर चुनाव लडेको र संसदको पहिलो दल बनेको एमाले अहिलेको चुनावमा भने राप्रपा, जनता समाजवादी पार्टी (जसपा), राप्रपा नेपाल, कांग्रेस विपिसँग चुनावी गठबन्धन गरेर चुनावी मोर्चामा छ ।

त्यसो हुँदा यो पटकको चुनावमा प्रतिनिधीसभाको कुल १६५ क्षेत्रमध्ये एमालेले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । बाकी २२ स्थानमा अन्य दललाई उसले सहयोग गरेको छ । उम्मेदवार मनोनयन गराउँदा एमालेले १४४ क्षेत्रमा गराएपनि बुधबार चितवनको उम्मेदवारी फिर्ता गरेर कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने निर्णय एमालेले गरेको छ । त्यहाँ उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेको उम्मेदवारी एमालेले फिर्ता गराएको छ ।

यस हिसावले एमालेका ५२ जना पूरानै नेताहरु निरन्तर दोहोरिनका लागि चुनावी मैदानमा छन् भने ९१ जना संसद छिर्ने दाउमा मैदानमा उत्रेका छन् । त्यसमध्ये केहीलाई एमालेले प्रदेश सभाबाट प्रतिनिधीसभामा तानेको छ ।

महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कैलाश ढुंगेल बद्री मैनाली, रामशरण बस्नेत, किरण गुरुङ लगायतका नेताहरुलाई प्रदेश बाट झिकेर प्रतिनिधीसभाको उम्मेदवार बनाएको छ । माओवादी छोडेर एमालेमा आएका र २०७४ मा पनि प्रतिनिधीसभामा माओवादीतर्फबाट चुनाव जितेका तर पछि कारवाहीमा परेर सांसद पद गुमाएका टोपवहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पनि एमालेले प्रतिनिधीसभाको उम्मेदवार बनाएको छ ।

माओवादी छोडेर एमालेमा गएका र रौतहट ३ मा पार्टी टिकट समेत पाएका प्रभु साहले भने एमाले टिकट त्यागेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । सूदुरपश्चिम प्रदे सभामा रहेका तर माओवादी छोडेपछि पदमुक्त भएका झपट बोहोरा लाई अछाम १ मा एमालेले भीम रावललाई रोकेर उम्मेदावर बनाएको छ ।

एमालेले निरज आचार्य, ऐन महर, सूर्य थापा, ठाकुर गैरे लगायतका नयाँ अनुहारलाई पनि प्रतिनिधीसभात र्फको उम्मेदवारका रुपमा अगाडी सारेको छ ।

२०७४ मा सांसद रहेका एमालेका यी ३७ नेता बाहिरिए

आशा कुमारी विक
कुमारी मेचे
कृष्णप्रसाद दाहाल
गणेश पहाडी
गोमा देवकोटा
जगत बहादुर सुनार
जानकी देवी राम
थममाया थापा
तिर्था गौतम
दिपकप्रकाश भटट
नविना लामा
पवित्रा निरौला खरेल
पार्वत गुरुङ
भीम बहादुर रावल
मायादेवी न्यौपाने
मैनाकुमारी भण्डारी
मोतीलाल दुगड
रेखा कुमारी
विना कुमारी श्रेष्ठ
विन्दा पाण्डे
विमला विश्वकर्मा
विष्णु शर्मा
डा शिवमाया तुम्बाहाङफे
सरिता कुमारी गिरी
सरिता न्यौपाने
लालबहादुर थापा
नवराज राउत
मोहन वानियाँ
राजवहादुर बुढाक्षेत्री
भूपेन्द्र बहादुर थापा
भैरव बहादुर सिंह
मनकुमारी जिसि
नन्दलाल रोका क्षेत्री
जयकुमार राई
सुजिता शाक्य
राधा ज्ञवाली
बिमला बिक

निरन्तर दोहोरिन यी ५२ नेता फेरि चुनावी मैदानमा

इश्वर पोखरेल
कृष्णगोपाल श्रेष्ठ
कृष्ण बहादुर राई
कृष्णभक्त पोखरेल
केपी शर्मा ओली
खेमप्रसाद लोहनी
गोकर्ण विष्ट
सुरेन्द्र पाण्डे
सुवास चन्द्र नेम्वाङ
सूर्य प्रसाद पाठक
घनश्याम खतिवडा
गणेशसिंह ठगुन्ना
विशाल भटटराई
विष्णु पौडेल
शान्ता चौधरी
शेरवहादुर तामाङ
लालप्रसाद सावाँ लिम्बु
लालबाबु पण्डित
लिलानाथ श्रेष्ठ
बसन्तकुमार नेम्वाङ
विद्या भटटराई अधिकारी
गोकुल बास्कोटा
छबिलाल विश्वकर्मा
जुली कुमारी महतो
झपट रावल
तिलवहादुर रावल
दलवहादुर राना
दामोदर भण्डारी
नवराज सिलवाल
नरदमुनि राना
नारायणप्रसाद खतिवडा
निरुदेवी पाल
पदम गिरी
पद्मा अर्याल
प्रदीप कुमार ज्ञवाली
धुव्रकुमार शाही
नारायण प्रसाद मरासिनी
यज्ञ वहादुर बोगटी
यज्ञराज सुनुवार
योगेश कुमार भटटराई
रघुविर महासेठ
रविन्द्रराज शर्मा
राजेन्द्र कुमार राई
राजेन्द्र प्रसाद गौतम
प्रेम प्रसाद तुलाचन
बिजय सुब्बा
बृजेश कुमार गुप्ता
भानुभक्त ढकाल
भूमिप्रसाद त्रिपाठी
पोल्देन छोपाड गुरुङ
महेश बस्नेत
नरवहादुर धामी

यी तीन नेता प्रदेशमा झरे
खगराज अधिकारी गण्डकी प्रदेश
केदार सिग्देल गण्डकी प्रदेश
शान्तिमाया तामाङ पाख्रिन बागमति प्रदेश

वागी उठे पार्टी छोडेर
रामबिर मानन्धर
गंगा चौधरी सत्गौवा
घनश्याम भुसाल

वमदेवको पार्टीमा लाग्दा यता न उता
तुल्सी थापा

सोमप्रसाद पाण्डे एकीकृत मसाजवादीबाट पाल्पामा उम्मेदवार
ह्देयश त्रिपाठी आफ्नै पार्टीबाट उम्मेदवार

यी ९१ नेता संसद छिर्ने दाउमा एमालेबाट मैदानमा

इलाम १ महेश बस्नेत
झापा २ अग्नि प्रसाद खरेल
झापा २ देवराज घिमिरे
मोरङ २ ऋषिकेश पोखरेल
मोरङ ४ बिनोद ढकाल
सुनसरी २ भीमप्रसाद आचार्य (प्रदेशबाट संघमा)
सुनसरी ३ भगवती चौधरी
सुनसरी ४ जगदिस प्रसाद कुसियैत
सोलखुम्बु मानविर राई
उदयपुर १ मञ्जुकुमारी चौधरी
उदयपुर २ अम्बरवहादुर रायमाझी
सप्तरी ३ ताराकान्त चौधरी
सिराह १ रामशंकर यादव
महोत्तरी १ लक्ष्मी महतो कोइरी
महोत्तरी २ राम परिक्षण यादव
सर्लाही २ राजनारायण साह
सर्लाही ३ हरिप्रसाद उप्रेती
रौतहट १ अजयकुमार गुप्ता
रौतहट ४ उद्दवप्रसाद रेग्मी
बारा १ अच्युतप्रसाद मैनाली
बारा ३ ज्वलाकुमारी साह (माओवादीबाट एमालेतिर लागेकी)
बारा ४ एकवल मियाँ (पार्टी प्रवेश पछि टिकट)
पर्सा ३ राजकुमार गुप्ता
पर्सा ४ जालिम मियाँ मन्सुरी
दोलखा १ बालकृष्ण शिवाकोटी
रामेछाप १ कैलाश ढुंगेल (प्रदेशबाट संघमा)
सिन्धुली १ प्रदीप कुमार कटुवाल
सिन्धुली २ मनोजजंग थापा (माओवादी छोडेर एमालेतिर लागेका)
रसुवा छोवाङ नेन्जीन तामाङ
नुवाकोट १ बद्री मैनाली (प्रदेशबाट संघमा)
काठमाडौं १ किरण पौडेल
काठमाडौं १० हिमेश केसी
काठमाडौं २ मणिराम फुयाल
काठमाडौं ४ राजन भटटराई
काठमाडौं ६ सर्वेन्द्र खनाल
काठमाडौं ७ श्यामकुमार घिमिरे
काठमाडौं ८ शिव सुन्दर राजवैध
भक्तपुर १ नवराज गेलाल
ललितपुर २ प्रेम वहादुर महर्जन
ललितपुर ३ अमृत खड्का
काभ्रे १ रेशम वहादुर लामा
सिन्धुपाल्चोक १ सरेश नेपाल
मकवानपुर १ कमल थापा
मकवानपुर २ महेश कुमार बर्ताेला
गोरखा १ रामशरण बस्नेत (प्रदेशबाट संघ)
गोृरखा २ अब्दुस मियाँ
लमजुङ पृथ्वी सुब्बा गुरुङ (प्रदेशसभाबाट संघ)
कास्की १ मनबहादुर गुरुङ
कास्की ३ दामेदार पौडेल वैरागी
तनहुँ १ एक वहादुर राना मगर
तनहुँ २ किरण गुरुङ (प्रदेशबाट संघ)
नवलपरासी वर्दघाट सस्तापूर्व कृष्णप्रसाद पौडेल
म्याग्दी १ हरिकृष्ण श्रेष्ठ
बाग्लुङ २ मन्जु शर्मा
पाल्पा २ ठाकुरे गैरे
अर्घाखाच्ी १ टोपवहादुर रायमाझी (माओवादी छोडेर एमालेतिर लागेका)
रुपन्देही ५ वाशुदेव घिमिरे
कपिलवस्तु १ बलराम अधिकारी
कपिलवस्तु ३ मंगलप्रसाद गुप्ता
रुकुम पूर्व कैलाश कुमार मल्ल
रोल्पा पूर्ण वुढामगर
प्यूठान सूर्य थापा
दाङ २ शंकर पोखरेल (प्रदेशबाट संघ)
दाङ ३ कोमल वली
बाँके १ सूर्य प्रकास ढकाल
बाँके ३ किस्मत कुमार कक्षपती
बर्दिया १ लक्ष्मणराज ज्ञवाली
बर्दिया २ पंकज सिंह राठोर
नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ सिन्धु जलेसा बुढाथोकी
नवलपरासी वर्दघाट सस्ता पश्चिम २ दिपेन्द्रकुमार अधिकारी
सल्यान राजेन्द्र वीर राय
डोल्पा गणेशवहादुर शाही
मुगु राजवहादुर कार्की
जुम्ला रतननाथ योगी
कालिकोट नगीन्द्र शाही
हुम्ला दल रावल (प्रदेशबाट संघ)
जाजरकोट निरज आचार्य
दैलेख २ लक्ष्मी प्रसाद पोखरेल
सुर्खेत २ अमृत बहादुर बुढा क्षेत्री
रुकुम पश्चिम नन्दराम देवकोटा
बाजुरा कर्ण बहादुर थापा
अछाम १ झपट बोहोरा (माओवादी छोडेर एमालेतिर लागेका)
बझाङ ऐनबहादुर महर
डोटी गौरीकुमारी ओली
कैलाली १ तपेन्द्रबहादुर रावल
कैलाली ३ गौरीशंकर चौधरी (माओवादी छोडेर एमालेतिर लागेका)
कैलाली ४ लेखराज भटट (माओवादी छोडेर एमालेतिर लागेका)
डडेलधुरा चक्रप्रसाद स्नेही
कञ्चनपुर १ तारा लामा तामाङ
पाल्पा १ नारायणप्रसाद आचार्य
धनुषा २ उमाशंकर अगरिया (पहिले राजपाबाट जितेर सांसद, अहिले एमाले प्रवेश पछि टिकट)

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया