शनिबार, जेठ ५, २०८१

प्रतिनिधिसभाका जेठो उम्मेदवार

८० वर्ष कटेका ९ उम्मेदवार प्रतिनिधिसभाको चुनावी मैदानमा

सवैभन्दा जेठो उम्मेदवार ९९ वर्षिय टिकादत्त पोखरेल गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डसँग चुनावी मैदानमा छन्

मेरोन्यूज २०७९ असोज २५ गते २१:००

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ८० वर्ष उमेर कटेका ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधीसभा तर्फका २५ सय ३३ उम्मेदवारमध्ये ९ जना उम्मेदवार ८० वर्ष उमेर कटेका छन् ।

Advertisement


त्यसमध्ये पनि सवैभन्दा जेठो उम्मेदवार गोरखा २ बाट चुनावी मैदानमा उत्रेका नेपाली कांग्रेस (विपि)का टिकादत्त पोखरेल छन् । निर्वाचन अयोगले सार्वजनिक गरेको विवरण अनुसार पोखरेलको उमेर ९९ वर्षको छ । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको चुनावी मैदानमा उत्रेका हुन् ।

उनी बाहेक पनि अन्य ८ जना उम्मेदवार ८० वर्ष उमेर कटेका छन् । यसरी प्रत्यक्ष तर्फ उम्मेदवार बनेकामा राष्टिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी देखि माओवादीको चुनाव चिन्ह्रमा चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्षमध्येका एक महिन्द्रराय यादव सम्म छन् ।


अन्य जेष्ठ उम्मेदवार भने स्वतन्त्र हुन् । बागलुङ १ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जनमोर्चा अध्यक्ष केसी ८० वर्षका भए भने सर्लाही २ बाट चुनाव लडेका सत्ता गठबन्धनका उम्मेदवार नेसापाका महिन्द्र राय यादव ८५ वर्षका भए ।

यादवको उमेर ८५ वर्षको नभए पनि उनको नागरिकताका आधारमा उनी ८५ वर्ष उमेरका उम्मेदवार दरिएका छन् ।

अन्यमा भने ८७ वर्षका राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार युवराम गौतम, ८५ वर्षका विष्णुप्रसाद ढकाल लगायतका नेता छन् । सवैभन्दा कान्छो उम्मेदवारमा भने २५ वर्ष उमेर समुहका झण्डै दुई दर्जन उम्मेदवार छन् । त्यसमध्येमा एक हिमेश पन्त पनि छन् । उनी धादिङ १ मा रवि लामिछानेको पार्टी राष्टिय स्वतन्त्र पार्टीबाट चुनाव लडन लागेका छन् ।

यी हुन् ८० नाघेका प्रतिनिधिसभाका उम्मेदवार

डडेलधुरा १ : स्वतन्त्रबाट कर्ण सिंह रावल ८४ बर्ष
बागलुङ १ : राष्टिय जनमोर्चाबाट चित्रवहादुर केसी ८० बर्ष
कास्की ३ : स्वतन्त्रबाट पशुपतिनाथ तिमल्सिना ८४ बर्ष
गोरखा २ : कांग्रेस विपिबाट टिका दत्त पोखरेल ९९ बर्ष
काठमाडौं ६ : स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल ८५ बर्ष
पर्सा १ : स्वतन्त्रबाट हद्दयनारायण प्रसाद बरैं ८० बर्ष
बारा १ : स्वतन्त्रबाट कृष्णराज गिरि ८१ बर्ष
सर्लाही ३ : माओवादीबाट (नेसपा अध्यक्ष) महिन्द्रराय यादव ८५ बर्ष
तेहथुम १ : राप्रपाबाट युवराम गौतम ८७ बर्ष

प्रतिक्रिया