सोमबार, जेठ ७, २०८१

देउवा, ओली र प्रचण्डका प्रतिस्पर्धी कस्ता छन् ?

आफ्नै पूर्व सहयोगी देउवाका प्रतिस्पर्धी, ओलीले भेट्टाए पहिलो पटक पूरानै प्रतिस्पर्धी, प्रचण्डसँग नयाँ प्रतिस्पर्धी

शितल शर्मा २०७९ असोज २३ गते ११:४९

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सभापति/अध्यक्ष प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उम्मेदवार बन्दैछन् । प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा २०४८ साल देखि निरन्तर चुनाव जित्दैं आएको निर्वाचन क्षेत्र डडेलधुराबाट यसपटक पनि चुनाव लड्दैछन् ।

Advertisement

तर उनका प्रतिस्पर्धी यसपटक विगतमा उनलाई नै सहयोग गदैं आईरहेका कर्ण मल्ल हुनेछन् । एमालेको समेत सहयोगमा मल्ल देउवाका यसपटक प्रतिस्पर्धी बनेर चुनावी मैदानमा ओर्लेका छन् । उनी १४ औं महाधिवेशन देखि नै कांग्रेससाग असन्तुष्ट भई विद्रोही बनेका थिए । स्थानीय तह चुनावमा उनी कांग्रेस (विपि)मा आवद्ध छन् । उनले स्थानीय तह चुनावमा पनि कांग्रेस विपिको नाममा नै डडेलधुरामा उम्मेदवार खडा गरेका थिए ।

देउवाकै वडामा पनि कांग्रेस विपिले चुनाव जितेको थियो । मल्ललाई एमालेले समर्थन गरेको छ ।

एमालेले पठानसिंह बोहोरालाई देउवाको विरुद्दमा प्रतिस्पर्धामा उतार्ने तयारी गरेपनि कांग्रेस विपिसाग चुनावी तालमेल गरेर प्रतिनिधीसभा कांग्रेस विपिलाई र प्रदेश सभामा भने आफुलाई लिएको छ । सोही आधारमा प्रतिनिधीसभामा उम्मेदवार बनाउन चाहेको पठानसिंह लाई एमालेले प्रदेश सभाको उम्मेदवार बनाएको छ ।

कर्ण मल्ललाई देउवाको प्रतिस्पर्धीका रुपमा एमालेले समर्थन जनाएको छ ।

उता कहिल्यै निर्वाचनमा एउटै प्रतिस्पर्धीसँग चुनाव नलडेका एमाले अध्यक्ष केपी ओलीले यसपटकको चुनावमा भने पूरानै प्रतिस्पर्धी पाएको छ ।

नत्र ओलीले २०४८ साल यता जति पटक चुनाव लडे, उनले नयाँ-नयाँ चुनावी प्रतिस्पर्धीसँग चुनाव लडेका थिए । यसपटक राप्रपासमेतको गठबन्धनबाट ओली झापा ५ मा चुनावी प्रतिस्पर्धा गदैछन् । उनलाई टक्कर दिन सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । अधिकारी २०७४ को चुनावमा पनि ओलीसँगै चुनाव भिडेका थिए ।

अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै गर्दा २०७४ मा ओलीसँग चुनाव भिड्न १७ वर्षको प्राध्यापन पेशा छाडेर झापा झरेका थिए । उनैलाई अहिले कांग्रेसले टिकट दिएको छ ।

त्यो बेला ओली माओवादी एमाले गठबन्धनका साझा उम्मेदवार थिए भने राप्रपाको ओलीलाई अघोषित सहयोग थियो ।

तर यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाका साझा उम्मेदवार अधिकारी हुनेछन भने राप्रपा र एमालेको साझा उम्मेदवार ओली हुनेछन् ।

०४८ देखि ओली यही क्षेत्रमा निरन्तर निर्वाचन लड्दै आएका छन् । ०४८ देखि ०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो । ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो । ०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ । ०४८ यता ओलीले ०६४ मा मात्र यो क्षेत्रमा पराजित हुनुपरेको छ । ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (हाल कांग्रेसमा छन् उनी) ले पराजित गरेका थिए ।

नत्र ओलीले त्यहाँ चुनाव हारेका छैनन । तर जति पटक चुनाव लडदा पनि नयाँ नयाँ प्रतिस्पर्धी पाएका ओलीले यसपटक पहिलो पटक पूरानै प्रतिस्पर्धीसँग चुनाव लड्न लागेका हुन् ।

उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निर्वाचन क्षेत्र परिवर्तन गरेर यसपटक पनि चुनाव लड्दैछन् । १० वर्षे जनयुद्धको नेतृत्व गरेर शान्तिप्रक्रियामा आएपछि प्रचण्डले २०६४, २०७०, २०७४ र अहिले सम्म गरेर चारवटा चुनाव लड्दैछन् ।

२०६४ मा काठमाडौं १० र रोल्पा २ बाट चुनाव जितेका प्रचण्ड, २०७० मा काठमाडौं १० बाट हारेपनि सिराहा ३ बाट चुनाव जितेका थिए । २०७४ मा उनी गृहजिल्ला चितवन पुगेर चितवन ३ बाट चुनाव लडेर निर्वाचित भए । अहिले उनी गोरखा २ बाट चुनाव लड्दैछन् । विगतमा डा बाबुराम भट्टराईले निर्वाचन जितेको क्षेत्रमा उनी यसपटक चुनाव लडन जाँदैछन् ।

त्यहा उनले एमालेका अब्दुस मियाँसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । विवेकशील साझा पार्टीमा रहेका मियाँ केही समय अगाडीसम्म काठमाडौं ६ बाट स्वतन्त्र चुनाव लड्ने तयारीमा थिए । तर उनी एकाएक एमाले प्रवेश गरेर गोरखा २ मा टिकट लिएर एमालेबाट चुनाव लड्न लागेका छन् । उनी यसपटक प्रचण्डका प्रतिस्पर्धी हुनेछन् ।

इसअगाडी २०७४ मा उनले कांग्रेस र राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका विक्रम पाण्डेलाई चितवन ३ बाट पराजित गरेर सांसद बनेका थिए । यसपटक प्रचण्ड माओवादीको बलियो जनाधार भएको गोरखामा चुनाव लड्न पुगेका हुन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया