सोमबार, जेठ ७, २०८१

समानुपातिक उमेदवारको सूची सार्वजनिक, कुन दलबाट को-को ? (पूर्णपाठ)

मेरोन्यूज २०७९ असोज २३ गते ६:५७

काठमाडौं । मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।

Advertisement

आगामी निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फ ६ हजार ४ सय ९३ जनाको नाम निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलका २ हजार ४३६ जनाको नाम आयोगमा पुगेको छ ।

यस्तै प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा ३६ दलका ६६१, प्रदेश नम्बर २ मा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५ जनाको नामावली आयोगमा छ ।

त्यसै गरी गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जनाको समानुपातिक उम्मेदवारको नाम प्राप्त भएको आयोगले जनाएको छ ।

सार्वजनिक गरेको अन्तिम बन्दसूची:

प्रदेशसभातर्फको सूची हेर्नोस्–

प्रदेश १

मधेस प्रदेश

वाग्मती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया