शुक्रबार, वैशाख १४, २०८१

विचार

स्वार्थमै अल्मलिएको राजनीति !

आरबी खड्का २०७९ असोज २२ गते ११:४१

प्रत्येक नेपालीकाहरूको नागरिक कर्तव्य सहित गाँस, वास, स्वास्थ्य, शिक्षा, रोजगार आदिको ग्यारेण्टीसहित ठोस नीति, कार्यक्रम, र रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नु गराउनु राज्य , सरकारका आधारभूत कर्तव्य हुन्। राजनीतिक स्थिरताबाट राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको उच्च स्तरको प्रगति सम्भव हुन्छ।

मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन। फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेको छैन। प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा त्यसको अनुभूति आम जनमा हुनसकेको छैन।बिगत देखी सरकारको गैरजिम्मेवार कामकारबाही र अव्यवस्थाप्रति नागरिक असन्तुष्टिले राजनीतिक अस्थिरताको बाटो खनिरहेको छ। देशका कुनैपनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम हुनुपर्दछ।

जब राजनीतिज्ञले संविधान, कानून र जनभावनालाई वेवास्ता गर्दै स्वार्थ अनुकूल शासन व्यवस्था सञ्चालन गर्ने कुचेष्टा गर्छन् तब राजनीति सदाका लागि समाप्त हुन जान्छ । जनताको संघर्षको प्रतिफल दिन नसक्ने राजनीतिक दलको औचित्य हुँदैन। देशमा व्यवस्था बदलियो, शासकीय पद्धति केही बदलिए तर सोच, दृष्टि, अभ्यास र व्यवहार पार्टीहरू र नेतृत्व शैली बदलिएन । पार्टीभित्रको संस्थागत संरचना, पद्धति उही रह्यो । आर्थिक धरातलको फेरबदल नहुँदा ‘मुख चल्यो, कुरो बुझ्यो तर खुट्टी चलेनन्’ । त्यसले हामीलाई जस्ताको त्यस्तै टोपी थापी मागी खाने व्यवस्था जहाँको त्यहीँ रह्यो ।

नेपालका पार्टीहरू पद, पैसा र कुर्सीलाई पहिलो प्राथमिकतामा राख्छन् । देश र जनता त तपसिलका विषय भए भए, अर्थात् पूर्ण रूपले सत्ताकेन्द्रित राजनीति हाबी देखिन्छ । म चुनावमा उठ्दिनँ, मेरोभन्दा अर्काको योगदान र जनतामा राम्रो छवि छ भन्ने हुन्थ्यो । ऊ उठ्नुपर्छ भनेको धेरै पटक सुनेको थियौ ! तर अहिले फलानालाई टिकट दिइस् भने खबरदार भन्न थाले । यदि फलनालाई टिकट दिइयो भने पार्टी छोड्छु भन्ने धम्की दिने सामान्य भयो ।

कुनै पनि पार्टीमा ब्यक्तिगत स्वार्थले पार्टी छोडेकोलाई राजनैतिक दलहरूले खोलेको पशलमा जाँच बुझ नगरी राजनैतिक महत्वाकांक्षा पूरा गर्नु कति सम्म नैतिकता ह्यो !६ महीना पछि आफ्नो घरमा फेरि प्रवेश गर्ने मन न मिले पछि पुनः घर फर्कियेमा विचार राजनैतिक सङ्ग कुनै लेनदेन हुदैन उक्त ब्यक्तिलाई प्रमोशन गर्दै पुनः भव्य स्वागत गर्नु पर्ने कस्तो राजनीतिक बिधि विधान अनुशासन स्वार्थ ह्यो ! पार्टीमा लामो समय देखी काम गरेका ईमानदार नेता कार्यकर्ताको चरित्र हत्या ,गर्ने चुनाबको समय पार्टीकै उम्मेदवारलाई गोलीसमेत हान्न पछि नपर्ने अवसरवादी ,स्वार्थीको वरिपरि राजनैतिक घुमेको कै ह्यो? लोकतन्त्रको मूल मर्म भनेकै आफ्नो धारणा राख्नु नेतृत्वलाई प्रश्न सोध्न सक्नु हो तर कति सांसदले चित्त नबुझेको कुरामा प्रश्न सोधेका छन्? कति सांसदले चित्त नबुझेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनीहरूले आफूलाई समेत लोकतान्त्रिक संस्कारमा ढाल्न सकेको अबस्था छैन। देशमा प्रजातन्त्र आएपछि गणतन्त्र ल्याउन कति धेरैले त्याग, संघर्ष गरेका थिए । अहिलेका मान्छेलाई के हो त्याग, के हो निष्ठा भन्ने केही थाहा छैन । तर अहिले सेल्फी खिच्ने, फेसबुकमा राख्ने, टिकटकमा राख्ने, ब्यानर हल्लाउँदै सामाजिक सञ्जालमा राखेर भाइरल हुने प्रवृत्ति छ । अहिले विचारको लडाइँ, सिद्धान्तको लडाइँ, भावी योजनाको लडाइँ हुन छोडेको ह्यो ? नेताले कसरी चुनाव जित्ने, कसरी कुर्सीमा पुग्ने भन्नेमा मात्रै संघर्ष गर्नु पर्ने ह्यो ! नेताले पार्टीमा आफूलाई समेत संस्कारमा लग्न सकेन ।

नेता कार्यकर्तालाई छाडा हुदैन ! आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्न छोडियो । ती कार्यकर्ता कि ढुंगा हान्नलाई कि भोट हाल्नलाई मात्रै खोजियो । यसरी विकृत हुँदै गएपछि धेरै समस्या उत्पन्न हुन थाले । पार्टी संगठन मार्फत विधी पद्धतिमा रहेर, योग्यता क्षमता हेरेर कामहरु गरिदिएको भए, आस्था, निष्ठा र प्रतिष्ठाका आधारमा राजनीति गरिदिएको भए अहिले यो अबस्था आउने थिएन । पार्टी र संगठनलाई कसरी चलायमान बनाउने, कसरी बिभाजित मनहरुलाई जोड्ने र हाम्रा कार्यशैली र व्यवहारहरु कस्तो रहने भन्ने कुरा प्रमुख बनिरहेको छ ।

नेपालमा ६० – ६५ वर्ष पुगिसकेकाहरु किन आराम नगर्ने भन्ने विषयमा मेरो पनि समर्थन छ । एउटा विधि बनाएर एउटा पुस्ता आराम गरेर अर्को पुस्तालाई नेतृत्व दिएमा राम्रो हुन्छ! भू–राजनीति भनेको भूगोलको राजनीतिक र रणनीतिक प्रासङ्गिकताको अध्ययन हो । साथै भू–रणनीति, भू–राजनीतिको एक शाखा हो, जुन रणनीतिसँग सम्बन्धित हुन्छ । नेपालको भौगोलिक रणनीतिको महत्व बुझ्न समग्रमा भारतीय उपमहाद्वीपको भौगोलिक परिदृश्य र त्यसको प्रभावहरू बुझ्न आवश्यक हुन्छ । भू–राजनीतिक दबाबहरू जसमा छिमेकी मुलुकहरू चीन, भारत अनि अमेरिकाको संलग्नताभित्र बीआरआई, एमसीसी र इन्डो प्यासिफिक र पार्टी एकता तथा झगडा मिलाउने आदिजस्ता विषय साथै जस्ता विषय सडकमा देखिएका छन् ।

पार्टी नेतृत्वमा रहनेहरूले धर्म, संस्कृति, पहिचान, छुवाछूत, महिला, पहाड, तराई खेलाएर स्वार्थसिद्धतिर लागि राज्यका अवयवहरू कमजोर पारी पतनको बाटोतिर डो¥याएको देखिन्छ । राजनीतिक स्थिरताबाटै राष्ट्रको पहिचान बन्नुका साथै समाजको एकीकरण र राष्ट्रिय एकता सम्भव हुन्छ। यस्तो समाजले विकास र प्रशासकीय आधारशिलाको निर्माण गर्दै राज्यको समग्र विकास गर्छ। राजनीतिक स्थिरताबाट राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको उच्च स्तरको प्रगति सम्भव हुन्छ। नेपालको वर्तमान राजनीतिक गतिरोध र अस्थिरताले आन्तरिक र बाह्य दुवै प्रकारका हस्तक्षेपका लागि अनुकूल अवस्था सिर्जना गरिदिएको छ। राजनीतिक अस्थिरताले नागरिकहरूमा राष्ट्रियताको भावना विकास गर्छ, सबैलाई राष्ट्रको महत्त्वपूर्ण अंगका रूपमा स्वीकार गर्ने वातावरण तयार हुन्छ।

दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरु गाउँ गाउँबाट काटिए । त्यसैको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो ! माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पार्‍यो । मध्ययुगीन छुवाछुत र भेदभाव विरुद्धको माओवादी क्रान्तिले उपेक्षित हजारौं दलित समुदायहरु जनयुद्धमा सरिक हुन पुगे ।

आधा आकाश र आधा धर्ति ओगटेका महिलामाथिको सामाजिक र सांस्कृतिक कुपरम्पराका विरुद्ध हजारौं उत्पीडित महिलाहरु माओवादी आन्दोलनमा सहभागी बने । उत्पीडित र उपेक्षित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायको मुक्ति र परिवर्तनको आवाज माओवादीले उठाएका कारण जनयुद्धले छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न पुग्यो । माओवादी जनयुद्ध नेपाली इतिहासको सबैभन्दा ठूलो क्रान्तिकारी परिघटना हो । त्यस अर्थमा यसलाई नेपाली इतिहासले उच्च मूल्यांकन गर्छ, हामी सबैले गर्नुपर्छ । त्यो आन्दोलनको जगमा टेकेर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौं ।

संविधानसभाबाट नेपाली जनता सार्वभौमसत्ता सम्पन्न बने । जातीय, वर्गीय, लैंगिक, क्षेत्रीय प्रश्न थोरै बाँकी छन् ।गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्यायका मुद्दा रक्षा गर्दै उन्नत समाजतिरको यात्रामा अगाडि बढेका छ! गौरवशाली इतिहासलाई संरक्षण गरौ ,जित क्रान्तिकारीहरुकै हुनेछ ।

(लेखक खड्का नेकपा माओवादी केन्द्रका युवा नेता हुन् ।)

प्रतिक्रिया