शनिबार, वैशाख ८, २०८१

सन्दीप प्रकरण

बलात्कार आरोपी सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

मेरोन्यूज २०७९ असोज २० गते १०:५७

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौं ओर्लिएका उनलाई विमान्स्थलबाटै पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाइ छ ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीपले समर्थन, विश्वास, विश्वास र आलोचनात्मक टिप्पणीहरूलाई आफ्नो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको बताएका छन् । उनले आफू षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको भन्दै नेपालको कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया