शुक्रबार, वैशाख १४, २०८१

शेखर पक्षले बोलायो भेला, उम्मेदवार बन्न इच्छुकको नाम संकलन गरिने

मेरोन्यूज २०७९ असोज २० गते ७:४५

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने बताइएको छ । बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुने जनाईएको छ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया