बिहीबार, चैत १५, २०८०

सन्दीप प्रकरण

सन्दीप लामिछाने भोली नेपाल आउँदै, के गर्ला प्रहरीले ?

विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

मेरोन्यूज २०७९ असोज १९ गते २०:३४

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने भोली (आसोज २०) गते नेपाल आउँदैछन् । उनि नेपाल आएपछिप्रहरीले के गर्लान् भन्ने प्रश्न पछिल्लो समय जनमानसमा उब्जिएको छ । प्रहरीले उनलाई विमानस्थलबाट नै पक्राउ गर्ने तयारी गरेको छ ।

गत भदौ २१ गते १७ वर्षीया नावलिगलाई जबरजस्तीकरणी गरेको अभियोगमा लामिछानेविरुद्ध महानगीय प्रहरी वृत्त गौशलामा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले उनिविरुद्ध जबरजस्तीकरणीको मुद्धा चलाएर अनुसन्धान अगाडी बढाएको छ ।

उजुरी परेको झण्डै १ महिनापछि सन्दीप लामिछाने नेपाल आउँदैछन् । उनि आएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने जनाइएको छ । सन्दीप विरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी गरेको छ। त्यही आधारमा प्रहरीले आफ्ना निकायहरूमा जहाँ देखे पनि पक्राउ गर्नु भन्ने परिपत्रसमेत गरेको छ। विदेशमा भएकाले विदेशबाट फर्कने बित्तिकै विमानस्थलबाट पक्राउ गर्न विमानस्थल प्रहरीलाई समेत पत्राचार भइसकेको छ।

जसको आधारमा अध्यागमन विभागले सन्दीपको राहदानी नम्बरसहित आफ्नो सुचीको ब्ल्याक लिस्टमा चढाएको छ। उनी विमानस्थलमा अवतरण भएर अध्यागमनमा पुग्ने बित्तिकै उनलाई अध्यागमनले प्रहरीको जिम्मा लगाउने छ। त्यसपछि विमानस्थल प्रहरीले उनलाई त्यहीबाट नियन्त्रणमा लिने छ।

विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाउने छ। भदौ २१ गते उजुरी महानगरीय प्रहरी वृत्त गौशालामा परेको थियो । घटनास्थल पनि गौशाला वृत्तकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ । त्यसैले सन्दीपलाई गौशाला वृत्तमा नियन्त्रणमा राखिनेछ। सुरक्षा, संवेदनशीलताको आधारमा अन्य वृत्तमा पनि प्रहरीले राख्न सक्छ। काठमाडौं प्रहरी परिसर अन्तर्गत मुद्दा चल्ने १४ वटा वृत्तमा हिरासत रहेका छन्।

Advertisement

पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको केस सरकारी वकिलमार्फत अदालतमा पुर्‍याउनुपर्ने हुन्छ। उजुरी अनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउँछ। त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जेल चलान गर्ने एउटा आदेश अदालतले दिने छ।

साधारण तारिक बाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना शून्य भएर जानेछ।

प्रतिक्रिया