बिहीबार, वैशाख १३, २०८१

सुनसरीका प्रहरी प्रमुखले लगाइदिए कैदीबन्दीलाई टिका

मेरोन्यूज २०७९ असोज १९ गते १७:३७

इनरुवा । बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिएका छन् ।

डिएसपी राईले आज एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिएका हुन्। विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उनले टिका र जमरा लगाइदिएका हुन् ।

“दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उनले भने ।

प्रतिक्रिया