मंगलबार, चैत ६, २०८०

चार घन्टा देखि बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

मेरोन्यूज २०७९ असोज १८ गते १८:५९

काठमाडौं । गत साउन २० गतेदेखी आगामी चुनावमा तालमेल गर्ने गरि सिट भागबन्डामा लागेको सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रत्यक्ष तर्फको सिट भागबन्डा लगाउन नसकिरहेको बेला आज निर्णयक छलफल गर्ने भन्दै ४ घन्टा देखि बालुवाटारमा बैठक बसिरहेको छ ।

दिउँसो ३ बजेदेखि बैठक बालुवाटारमा जारी छ । बैठकमा सत्ता गठबन्धन का ५ वटा दलकै शीर्ष नेता र कार्यदलका नेताहरु पनि सहभागी छन ।

आज सहमति जुटाउन सकेमा आजै हस्ताक्षर गर्ने तयारी पनि रहेको स्रोतले जानकारी दिए ।

प्रतिक्रिया