मंगलबार, चैत ६, २०८०

बिहीबारदेखि कालोसूचीबारे यूरोपेली यूनियनको अडिट

मेरोन्यूज २०७९ असोज १८ गते १८:४५

काठमाडौं । यूरोपेली यूनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा) ले आगामी बिहीबारदेखि नेपालको सेफ्टी अडिट थाल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार प्राधिकरणको संगठन संरचना सुधारमा काम भइरहँदा यस पटकको अडिटमा नेपाल उत्तिर्ण हुने र नेपाल ईयूको कालोसूचीबाट हट्ने अपेक्षा राखिएको छ ।

नेपाल सन् २०१३ देखि यूरोपेली युनियनको सुरक्षा चासोको सूचीमा छ, जसले गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले यूरोपको आकासमा उडान गर्न पाउँदैनन् । पछिल्लो समय ईयू मातहतकै मुलुकका वायुसेवा समेत नेपाल आउन चाहिरहेको समयमा यस पटकको अडिटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यूरोपेली यूनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको सन्दर्भमा उठाएका हवाई सुरक्षासँग सम्बन्धित धेरै चासोमध्ये नियमनकारी निकाय र सेवा प्रदायक निकाय एउटै हुनु हुँदैन भन्ने हो । यसलाई सम्बोधन गर्न सरकारले दुई विधेयक संसदमा दर्ता गराएको छ, तर पास भएको छैन । दुई विधेयक कार्यान्वयनमा नआएपनि कालोसूचीबाट हट्नेमा प्राधिकरण विश्वस्त देखिएको छ ।

किनकी नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परीक्षणबाट विश्वको औसतः स्तरभन्दा माथिको अंक ल्याएको छ । लेजिस्टेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्दिनेश, एक्सिडेन्ट इन्भेष्टीगेशन, एयर नेभिगेसन सर्भिस, एरोड्रम एण्ड ग्राउण्ड सर्पोटसहितका क्षेत्रको अध्ययनमा नेपालले ७०।१ प्रतिशत अंक प्राप्त गरेको हो ।

Advertisement

यही क्षेत्रमै ईयूको समेत अडिट केन्द्रित हुनेछ । नेपालले अन्य क्षेत्रमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि दुर्घटना जाँचको क्षेत्रमा भने कमजोरी दोहो¥याइरहेको छ । अन्तर्राष्ट्रिय निकायले दुर्घटना जाँच आयोगमा स्वतन्त्र निकाय हुनुपर्ने सुझाव दिएका छन् । नेपालमा भने कुनै दुर्घटना भए मात्र आयोग गठन हुन्छ र नियमित झक्झकाउने स्वतन्त्र निकाय नहुँदा पर्यटन मन्त्रालय र प्राधिकरणलाई दिएका सुझाव समेत कार्यान्वयन हुँदैनन् ।

यसै वर्ष मुस्ताङमा ठूलो दुर्घटना भयो । तारा एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । तर प्राधिकरणका अधिकारीहरु भने दुर्घटनाको दर न्यूनीकरण भएको बताउँछन् । सन् २०१० पछि लगातार भएका दूर्घटनापछि सन् २०१३ मा इयूले नेपाली हवाई कम्पनी र उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो । यसले नेपाली वायुसेवाको यूरोपको उडान रोकिएको थियो । कालोसूचीमा रहँदा नेपाल बीमा कम्पनीहरुको चर्को मूल्यको सूचीमा पर्न जान्छ र यूरोपका पर्यटकका लागि नेपाल महंगो गन्तब्यमा पर्न जान्छ ।

प्रतिक्रिया