शनिबार, वैशाख ८, २०८१

घाटीमा हड्डी अड्किएर चितवनका एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज १८ गते १२:२८

चितवन । मासु खाने क्रममा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ। कालिका नगरपालिका-८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षत्रीको मृत्यु भएको हो । सोमबार दशैंको अष्टमीको साँझ करिब साढे सात बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याइएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुरतर्फ लगिएको स्थानीय बासिन्दाले जानकारी दिए ।

क्षत्रीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया