बुधबार, वैशाख १२, २०८१

इङलिस प्रिमियर लिगः लेस्टरको पहिलो जित

मेरोन्यूज २०७९ असोज १८ गते ९:१३

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ ।

सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४(० ले निराश पार्‍यो ।

२५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।

३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३(० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।

प्रतिक्रिया