बिहीबार, चैत १५, २०८०

जालान त प्रचण्ड गोरखामा चुनाव लड्न ?

डा. बाबुराम भट्टराई भन्छन् - प्रचण्डलाई म आफैंले गोरखा चुनाब लडन आउनुस् भनेको छु

शितल शर्मा २०७९ असोज १७ गते १९:०७

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई गोरखामा चुनाव लडन आफैले निम्तो गरेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड चितवन ३ या गोरखा २ कहाँ बाट चुनाव लडलान भन्ने चर्चा चलिरहेको बेला बाबुरामले तेस्तो बताएका हुन् ।

`प्रचण्डजीलाई तपाईं गोरखामै आउनुस्, गोरखामा विकास निर्माणको पूर्वाधार पनि तयार भएको छ । तपाई त्यहाँ गइदिइसकेपछि त्यसमा सहयोग पुग्छ र तपाईं धेरै अन्त अल्झिनु पर्दैन, राम्रो सन्देश पनि जान्छ भन्ने आग्रह गरेको छु,´ बाबुरामले भने-`उहाँले सकारात्मक छु र सोच्छु भनिराख्नुभएको छ । मेरो आग्रह- उहाँ गोरखा जानुभयो भने राम्रै हुन्छ भन्ने मलाई लाग्छ ।´


सोमबार मात्रै बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत गोरखाका मतदातालाई आफू मसिर ४ को चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । उनले गोरखामा आफू भन्दा सक्षम नेता आउने पनि बताएका थिए ।


प्रचण्डले गोरखा जाने बारेमा भने केही बोलिरहेका छैनन् । प्रचण्डले आफू चितवन ३ बाट नै चुनाव लडने बताउँदै आईरहेका छन् । तर प्रचण्डका लागि चितवन भन्दा गोरखा सुरक्षित रहेको गत स्थानीय तह चुनावको परिणामले देखाएको छ ।

Advertisement


प्रचण्ड गोरखा जाने समाचार आईरहदा चितवनको भरतपुर महानगर पालिकाको मेयर समेत रहेकी माओवादी चितवन कि इन्चार्ज छोरी रेनु दाहाल लगायतका चितवनका माओवादी नेताहरुले आइतबार फुलपातीका दिन प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डको मनोबिज्ञान बुझने प्रयास समेत गरेका थिए ।


तर प्रचण्डले केही बोली सकेका छैनन् ।


अहिले सम्मको मनोबिज्ञान अनुसार प्रचण्ड चितवन छोडेर गोरखा जाने सम्भावना पनि उत्तिकै छ ।


बाबुराम भट्टराईले गोरखा २ चुनाव नलडने, नारायणकाजी श्रेष्ठ प्रचण्ड गोरखा जाने भए छोडन तयार रहेको र उनी अहिले राष्ट्रियसभा सदस्य रहेको, हितराज पाण्डे कृष्णबहादुर महराको स्थानमा समानुपातिक सुचीमा परेपछी गोरखा २ माओवादीबाट प्रचण्ड नै उम्मेदवार बन्ने चर्चा चलेको छ । पुर्ब विद्यार्थी नेता समेत रहेका लेखनाथ नेउपानेलाई उनले मानेमा प्रदेशसभा उम्मेदवार बनाउने गरि माओवादीले तयारी गरेको पनि एक माओवादी पदाधिकारीले बताएका छन ।


त्यसमाथी प्रचण्डले केही दिन अगाडी काङ्ग्रेस गोरखाका नेतासमेत रहेका ब्यबसायी राजेन्द्र बजगाईसग समेत गरेको भेट्ले प्रचण्ड गोरखा नै जान खोजेको चर्चा माओवादी भित्र पनि चलेको छ ।

बजगाई सत्ता गठबन्धनमा गोरखा १ काङ्ग्रेसले पायो भने उम्मेदवार बन्ने तयारीमा छन् । यहि बेला बाबुराम आफैंले प्रचण्डलाई गोरखामा चुनाव लडन आग्रह गरेको खुलासा गरेपछी प्रचण्डको चुनावी क्षेत्रको बारेमा चर्चा चुलीएको छ ।

प्रचण्डका लागि चितवन- ३ का तुलनामा गोरखा- २ चुनाव जित्न सहज पनि छ । गोरखाको दुबै क्षेत्रमा माओवादी केन्द्र निकै बलियो छ । गोरखामा एमाले निक्कै कमजोर पनि छ । प्रचण्ड गोरखा २ चुनाव लडन गए यहाँ वडागत मतमा माओवादी केन्द्र २२ हजार २५० मतसहित पहिलो छ ।

दोस्रोमा गठबन्धनकै दल कांग्रेस छ । जसको २१ हजार १३६ मत छ भने बाबुराम भट्टराईको पार्टीसँग ७ हजार ५०४ मत छ । यहाँ कांग्रेसका आधा भोट नपाए पनि प्रचण्डले सहज जीत निकाल्न सक्ने मत छ । विपक्षमा रहेको एमालेसँग ७ हजार ९२६ र राप्रपासँग ८७८ मतमात्रै छ ।

बाबुरामले गोरखामा चुनाव नल डने घोषणा भित्र उनले प्रचण्ड राजकीय भुमिकामा र आफू सिद्धान्त निर्माणमा लाग्न खोजेको पनि बताएका छन । तर कतिपयले प्रचण्डले बाबुरामलाई चुनाव पछि रास्ट्रपति प्रस्ताव गर्न सक्ने पनि अनुमान लगाईरहेका छन । भट्टराईले आफू भन्दा छोरी मानुसी यमी भट्टराईलाई पुस्ता हस्तान्तरण गर्न खोजेको र छोरीलाई राजनीतिमा सुरक्षित गर्न खोजेको पनि बताइएको छ । तर यो विषय बिस्तारै खुल्दै जाला ।

गोरखा २ मा पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गोरखा नगरपालिका र सिरान्चोक गाउँपलिका पर्छ । सिराञ्चोक गाउँपालिकामा कांग्रेस र अन्यमा माओवादीले गत स्थानीय चुनाव जितेको थियो ।

यो क्षेत्रको ३८ वटा वडामध्ये १८ वटा माओवादी केन्द्रले जित्दा कांग्रेसले १७ वटा जितेको छ । बाँकी ३ वटा वडा जसपाले जितेको छ । यश अर्थमा पनि प्रचण्डका लागि पनि गोरखा २ धेरै सुरक्षित छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेसपाका अध्यक्ष भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीबाट लड्दा कांग्रेसको साथ पाएर ३१ हजार ८०७ मतसहित विजयी भएका थिए । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ २४ हजार ९३३ मतमा रोकिएका थिए ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया