शनिबार, वैशाख ८, २०८१

कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित र भातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्‍ने

मेरोन्यूज २०७९ असोज १६ गते २१:०६


काठमाडौँ ।नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै पहिलो पटक मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरुलाई नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश र प्रदेश सभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ ।


आफ्नो निर्वाचन क्षेत्रमा राम्रो प्रभाव रहेका उनीहरुलाई प्रत्यक्षमा निर्वाचन लड्ने अवसरबाट रोकिने छैन । तर, समानुपातिक सूचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ ।


कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए । किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्या मनोनित गरिएको थियो ।


त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रीय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया