मंगलबार, चैत ६, २०८०

अपडेट

महिला प्रहरीलाई ब्यारेकभित्रै बलात्कार गरेको अरोप लागेका इन्स्पेक्टरविरुद्ध मुद्दा दर्ता

मेरोन्यूज २०७९ असोज १६ गते १८:०५

धादिङ । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथी मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फुलपातीको दिन बिहान ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो।

लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी)श्याम बहादुर खत्रीले जनाकारी दिए ।

शनिबार बिहान करिब एक बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उनले बताए । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।

उनी १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए । पक्राउ परेका प्रहरी निरीक्षक ढुंगाना माथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताए ।

Advertisement

प्रतिक्रिया