मंगलबार, चैत ६, २०८०

बर्षमानको घरमा प्रचण्ड घनश्याम भेटवार्ता

मेरोन्यूज २०७९ असोज १६ गते १७:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालबीच भेट्वार्ता भएको छ ।

आगामी चुनावमा वाम दलहरूका वीचमा गठबन्धन गरेर जानुपर्ने मत निरन्तर उठाउदै आएका भुसाल र प्रचण्ड वीचको भेट्वार्तालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेमा भुसाल र भीम रावललाई ओलीले आगामी मसिर ४ को चुनावमा टिकट देलान् या नदेलान भन्ने विषयमा निकै चासोका साथ हेरिरहेका बेला यो वार्ता भएको हो ।

वार्ता माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ९अनन्त० को खुमलटारस्थित निवासमा भएको हो । आज दिउँसो भएको भेट्वार्तामा माओवादी उपमहासचिव पुन पनि सहभागी थिए ।

ओलीले भुसाल र रावललाई टिकट दिएनन भने उनीहरू स्वतन्त्र उठेर सत्ता गठबन्धनको भने पनि साथ लिन खोजिरहेका छन । ओलीले सरकारमा रहदा गरेको सम्सद विघटनको खरो बिरोधमा रहेका र माधब नेपालले एमाले बिभाजन गर्दा उनिहरु एमालेमा १० बुदे सम्झौता गरेर माधब नेपाललाई साथ दिइरहेका १० भाइ नेताहरू एमालेमै रहेका थिए ।

Advertisement

ओलीले टिकटका लागि त्यसबेला ओली सरकारको बिरोधमा रहेका नेताहरूले आत्मआलोचना गरेपछी मात्रै टिकट दिन सक्ने अनुमान लगाईरहदा भुसाल र रावलले त्यसरी टिकट लिन नजाने बताउदै आएका छन ।

प्रतिक्रिया