शुक्रबार, चैत १६, २०८०

इन्डोनेसिया फुटबलमा भड्कियो हिंसाः १२९ जनाको मृत्यु, १८० घाइते

मेरोन्यूज २०७९ असोज १६ गते ११:३६

जाकर्ता । एसियन मुलुक इन्डोनेसियामा फुटबल खेल भइरहेको वेला हिंसा भड्किएको छ। इन्डोनेसियन लिग अन्तर्गत शनिबार राति भएको अर्माया र पेर्सेबायाबीचको खेलका क्रमा हिंसा भड्किँदा १२९ जनाको मृत्यु भएको हो ।

सो हिंसात्मक झडपमा परी १८० जना घाइते भको इन्डोनेसियन पुलिसले जनाएको छ। प्रहरीका अनुसार ३४ जनाको घटनास्थलमै र ९५ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घरेलु मैदानमा अर्मेया एफसी पेर्सिबाया सुरबायासँग ३-२ ले पराजित भएपछि आक्रोशित घरेलु समर्थकले हुलदंगा गरेपछि समर्थक बीच झडप भएको थियो ।

हिंसा भड्किँदा समर्थकबीच कुटाकुट भए पनि प्रहरी र सशस्त्र प्रहरी बलले खेलाडीलाई सुरक्षित रूपमा मैदानबाट बाहिर निकालेको थियो ।

Advertisement

प्रतिक्रिया