मंगलबार, चैत ६, २०८०

बालेन शाहको पुत्ला दहनसहित प्रदर्शन, सुमन सायमी पनि सहभागी

मेरोन्यूज २०७९ असोज १५ गते २०:००

काठमाडौँ । काठमाडौँको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । नारावाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन् ।

‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौँ महानगरका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तव्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौँ महानगरले कानुनविपरीत काम गरिरहेको आरोप लगाए ।

Advertisement

प्रतिक्रिया