शुक्रबार, वैशाख १४, २०८१

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

मेरोन्यूज २०७९ असोज १५ गते १९:४२

काठमाडौँ । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भने, शत्रुले जापोरिझ्झियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन् ।

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त हडतालमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय युवक रहेको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा चार क्षेत्रहरू डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जियाको विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसहरूको इच्छा रहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा गाँसिएका क्षेत्रका बासिन्दाहरू अब रुसकावास्तविक नागरिक हुने बताएका छन् । राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन् ।

उनले जनमत सङ्ग्रहको नतिजालाई लाखौं जनताको इच्छा पनि भनेका छन् । गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

प्रतिक्रिया