बिहीबार, वैशाख १३, २०८१

इजाजत प्राप्त हातहतियार बुझाउन डोटी प्रशासनको निर्देशन

मेरोन्यूज २०७९ असोज १५ गते १०:१६

डोटी । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय डोटीले निर्देशन दिएको छ।

शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिने छ ।

प्रतिक्रिया