शुक्रबार, वैशाख ७, २०८१

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

मेरोन्यूज २०७९ असोज १५ गते ९:२६

काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ ।

रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।

उनले भने,‘जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको छ ।’

प्रतिक्रिया