शुक्रबार, वैशाख १४, २०८१

लाल मोहम्मद हत्याकाण्ड

भारतीयबाट आएको हतियार सुटरसम्म पुर्‍याउने ३ जना पक्राउ, ‘बब्लु’ नामक व्यक्ति खोज्दै प्रहरी

पक्राउ पर्ने मध्यकी महिला लागू औषधसम्बन्धी मुद्दामा पहिले पनि जेल परेकी थिइन्

मेरोन्यूज २०७९ असोज १४ गते २१:२६


काठमाडौं । गत असोज ३ गते काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्यामा संम्लग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ घर भएका रेहान खान, मिहरण मियाँ र सुमी भनिने सुस्मिता रहेको प्रहरीले जनाएको छ । मियाँलाई प्रहरीले असोज ८ गते प्रक्राउ गरेको थियो ।

पक्राउ परेका रेहान खान र मिहरण मियाँले भारतीय नागरिकले दिएको हतियार काठमाडौंमा रहेको सुटरलाई व्यवस्थापन गरेको पाइएको छ । उनलाई ५० हजार रुपैया दिने गरी हतियार काठमाडौं पु¥याउन अह्राएको र त्यही ५० हजारको लोभमा उनले हतियार काठमाडौं सम्म ल्याएको देखिएको प्रहरीको भनाई छ ।

भारतीय नागरिकले दिएको हतियार वीरगञ्जमा बुझेर उनीहरुले काठमाडौंका रहेका सुटरलाई बुझाएको प्रहरी अधिकारीहरु बताउछन् ।

प्रहरीका अनुसार, उनीहरुले घटनाको अघिल्लो दिन अर्थात असोज २ गते नै सुटरलाई हतियार बुझाएका थिए । ‘अहिले पक्राउ परेका तीन जना नै पहिलो लियरका आरोपी मात्रै हुन् । उनीहरूलाई लाल मोहम्मदको हत्या योजना कसले किन ग¥यो केही थाहा छैन । मोहरमले पर्साबाट पेस्तोल ल्याएर गंगबु माछापोखरीमा बल्बु भन्ने मान्छेलाई दिएको देखिन्छ । त्यो बाहेक उनको कनेक्सन केही देखिँदैन ।’ एक अनुसन्धान अधिकृतले भने ।

सामाजिक सञ्जाल (ह्वाट्सएप)मार्फत कुरा गरेर उनले माछापोखरीमा बल्लु भन्नेलाई हतियार दिएको प्रहरी अधिकारीले बताए । उनी सार्वजनिक गाडी चढेर काठमाडौं पुगेको र त्यही साँझ फर्किएका थिए । पक्राउ परेका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न युनिटमा राखेर अनुसन्धान थालेको छ ।

गत असोज ३ गते बेलुकी गोठाटारमा अज्ञात समूहले हरिवन–२, सर्लाहीका लाल मोहम्मदको गोली हानी हत्या गरेको थियो । जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्याको अभियोगमा १० वर्ष कैद सजाँय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामक गार्मेन्ट फ्याक्ट्री चलाउँदै आएका थिए ।

हत्याका मुख्य योजनाकार र सुटरलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरू भारत भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न मूख्य आरोपीहरू भारतीय नागरिक हुन सक्ने पहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले नितेन मदान खानलाई हत्याका प्रमुख योजनाकार ठानेको छ । उनी भारत हरिणाका हुन् ।

पछिल्लो समय उनी नेपाल बस्दै आएका थिए । उनी वसन्तपुरमा कोठा भाडा लिएर आमा र दाजु भाउजुसँग बस्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । यसअघि प्रहरीले उनको दाईलाई समेत पक्राउ गरेको थियो । तर, उनको घटनासँग कुनै कनेक्सन नदेखिएपछि प्रहरीले छोडिदिएको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो ।

प्रतिक्रिया