मंगलबार, वैशाख ११, २०८१

क्यान्डिडेटमास्टर थापाको विजयी शुरुवात

मेरोन्यूज २०७९ असोज १४ गते १३:२१

काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् ।

अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ ।

९ चरणसम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत शुक्रबार साँझ हुने दोश्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिष्पर्धा गर्नेछन् । फिडे रेटिङ २ हजार भन्दा कम भएका र अधिकतम फिडेमास्टर सम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया