मंगलबार, वैशाख ११, २०८१

खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा डा. अतुल उपाध्याय

मेरोन्यूज २०७९ असोज १४ गते ७:४३

काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा डा. अतुल उपाध्याय चयन भएका छन् । उनको नेतृत्वको टिम निर्विरोध चयन भएको हो । उपाध्यक्षमा होमनाथ न्यौपाने, महासचिवमा प्रवीण ओझा, सहसचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा भारती अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यमा डा. आलोक श्रेष्ठ, हरिप्रसाद खनाल, रवीन्द्र झा, विवेक बन्जाडे, गोविन्दराज जोशी र दीपा लामिछाने चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि डा उपाध्यायले खाद्यसम्बन्धी नीतिगत योजना, निजी क्षेत्रसँग समन्वय, अध्ययन अनुसन्धान तथा जनचेतना अभिवृद्धिका कामहरू गर्ने बताए ।

प्रतिक्रिया