बिहीबार, वैशाख १३, २०८१

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मेरोन्यूज २०७९ असोज १३ गते १७:५०

काठमाडौँ । लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

संविधानमा व्यवस्था भएअनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ । आयोगबाट प्रस्तुत भएको यो ६३ औँ वार्षिक प्रतिवेदन हो ।

आयोगका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयबारे विवरण प्रस्तुत गरेका थिए ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको लोकसेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी बनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेन् ।

पेश भएको प्रतिवेदनमा दिइएका सुझावलाई समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् ।

प्रतिक्रिया