शनिबार, वैशाख ८, २०८१

रियलमीले सार्वजनिक गर्यो सी डिजाइन र ५० एमपी एआई क्यामरा भएको नयाँ फोन

मेरोन्यूज २०७९ असोज १३ गते १७:४३

काठमाडौ । नेपालको प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ । यो स्मार्टफोनल बाउण्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्दछ ।

लञ्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौँ, सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ, रियलमी सी३३ उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने हाम्रो प्रयासको अर्को दृष्टान्त हो, र हामी विश्वस्त छौँ ।’

रियलमी सी३३ मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्दछ । रियलमी सी३३ ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि पीसी–पीएमएमए दुवै सामग्री अपनाउँछ । जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ ।

यो सी सिरिजको पहिलो स्मार्टफोन हो । रियलमी सी३३ स्याण्डी गोल्ड र अक्युव ब्लू गरी दुई रंगहरूमा उपलब्ध छ । जसको मूल्य १६,४९९ र १८,४९९ रहेको छ । बजारमा यी स्मार्टफोनहरू मेनलाइन च्यानलमार्फत देशभर उपलब्ध छन् ।

प्रतिक्रिया