शनिबार, वैशाख १५, २०८१

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

मेरोन्यूज २०७९ असोज १३ गते १७:३२

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले अत्याधुनिक र सर्वाधिक सुविधा सम्पत्र शोरुम सञ्चालनमा ल्याएको छ ।

असोज १३ गते प्रमुख अतिथि यामाहा मोटर इण्डिया ग्रुपका चेयरमेन इसिन चिहाना यामाहा मोटर इण्डिया सेल्स् प्रा.लि.का डाइरेक्टर हिडेफुमी कवाइ र एमएडब्लुका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले संयुक्त उद्घाटन गरेका हुन् । नक्सालमा अवस्थित उक्त शोरुम दुई पांग्रे उद्योगकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लू स्क्वयर’लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । सम्पूर्ण राईडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लू स्वयर शोरुमलाई लिइएको छ ।

यस शोरुममा प्रयोग गरिएको ब्लू कलरले यामाहा ब्राण्डको र्याचिङ डीएनएलाई झल्काउने र स्क्वयरले अन स्टप बाइङ लञ्चिङमा ग्राहकले मोटरसाइकल, स्कुटरसहित पार्टपुर्जा एकै ठाउँबाट पाउने छन् ।

नेपालीहरुको महान चाड दसैंको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हर्षित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया