बिहीबार, वैशाख १३, २०८१

डेंगुबाट थप दुई जनाको मृत्यु, ५४० जना संक्रमित

मेरोन्यूज २०७९ असोज १३ गते १६:५२

काठमाडौँ । डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै यस वर्ष डेंगुबाट ३८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै साउनदेखि हालसम्म नेपालभर डेंगुका बिरामी २८ हजार १०९ पुगेको छ ।

नेपालमा पहिलोपटक २०६१ सालमा डेंगुको बिरामी पुष्टि भएको थियो । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी देखिदै आएको छ । यस वर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा तीन हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको छ ।

प्रतिक्रिया