शुक्रबार, चैत १६, २०८०

युद्ध र जलवायु परिवर्तनले खाद्य संकट उच्च

मेरोन्यूज २०७९ असोज १३ गते १६:२७

काठमाडौँ । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा संकटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य संकट बढ्दै गएको पाइएको छ ।

विश्वमा अहिलेका तुलनामा आगामी दिनमा खाद्यान्नको संकट बढ्दै जाने देखिएको चेतावनी संगठनले बुधबार दिएको हो । विश्वमा अहिले खाद्यान्न संकटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

त्यसका विभिन्न कारणहरू छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन कारक रहेको सो संगठनले जनाएको हो ।

विश्व खाद्य संगठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताएका हुन् । उनले यसअघि पनि विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य संकटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताए ।

उनले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न संकट बढ्दै गएको बताए । यी दुई देशका युद्धले विश्वमा अन्य देशमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि संकट बढेको बताए ।

Advertisement

प्रतिक्रिया