शुक्रबार, वैशाख १४, २०८१

बालुवाटारमा रमिता छ : गोकुल बाँस्कोटा

मेरोन्यूज २०७९ असोज १३ गते १६:१७

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ, डेंगीको फैलावटले जनता हैरान छन्, सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बाँस्कोटाले नागरिक समाजसमेत कुम्भकर्णको जस्तो निन्द्रामा रहेको आरोप लगाए । ‘देश जोगाउन माझी खोज्न हिँडेकाहरू कांग्रेसी आगनमा देउसी खेल्दै छन्, रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ उनले भने ।

प्रतिक्रिया