शनिबार, वैशाख ८, २०८१

सत्ता गठबन्धनमा फाइनल भएको निर्वाचन क्षेत्र

सर्लाहीमा रामेश्वर राय यादवले टिकट छोडेपछि माओवादीको उम्मेदवार को ?

रामेश्वर राय यादव समानुपातिक सूचीमा, नवप्रवेशी नरेश साह कलवरलाई सर्लाही ३ मा माओवादीबाट टिकट पक्का

शितल शर्मा २०७९ असोज १३ गते १६:२१
माओवादी प्रवेश गदैं नरेश साह कलवर , उनले २०७४ मा स्वतन्त्र लडेर तेस्रो स्थानमा मत ल्याएका थिए

काठमाडौं । सत्ता गठबन्धन दलका वीचमा सिट बाँडफाँट अझै सकसमा छ । दलहरुले प्रतिनिधीसभा तर्फको सिट वाँडफााट टुंग्गो लगाएर प्रदेश सभातिरको सिट वाँडफाँटमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा यो समाचार तयार पार्दासम्म गठबन्धन दलका नेताहरु सिट बाँडफाँटमा रहेर छलफल गरिरहेका छन् ।

मेरोन्यूजलाई प्राप्त समाचार अनुसार मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये जसपाले सवैभन्दा वढी १३, कांग्रेस १२, माओवादी केन्द्र ४ र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र लिने गरी करिव सहमति बनेको छ । तर जसपाले मधेसमा अझै थप दुई या तीन सिट आफुलाई थप्नुपर्ने माग दावी गरिरहेको स्रोतको भनाई छ ।

यसमध्ये सर्लाही ३ माओवादीको भागमा पर्ने किरव निश्चित छ । तर यहाँ यस अगाडी निर्वाचित माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादव यसपटक त्यहाँबाट प्रत्यक्षमा चुनाव लड्ने छैनन । उनले आफुसँग चुनाव लड्ने पैसा नरहेको भन्दै आफुले चुनाव नलड्ने बताएका हुन् । यधपी उनलाई माओवादी केन्द्रले समानुपातिक तर्फ सुरक्षित गर्न नाम राखेको बताइएको छ ।

सर्लाही ३ माओवादीको वलियो पकड क्षेत्रकै रुपमा गनिन्छ । त्यहाँ यस अगाडी पनि माओवादीकै यादवले चुनाव जितेका थिए । त्यस हिसावले पनि त्यो क्षेत्र माओवादीको भागमा परेको छ । यो क्षेत्रमा अन्य गठबन्धन दलले दावी गरेका पनि छैनन । यसअर्थमा माओवादीले नै उक्त क्षेत्रमा टिकट पाउने छ । त्यसो हो भने पहिलाका सांसदले चुनाव नलड्ने बताईरहनु , सिट माओवादीकै भागमा पर्नु तर माओवादीका उम्मेदवार चँही को बन्छन् ? भन्ने चर्चा सर्लाही ३ मा छ ।

तर यसपटक माओवादीले सर्लाही ३ मा नवप्रवेशीलाई टिकट दिएर चुनाव लडाउने योजना बनाएको छ । माओवादीमा केही दिन अगाडी मात्रै प्रवेश गरेका नरेन्द्र साह कलवारलाई टिकट दिने गरी पार्टीमा भित्राएको छ । उनलाई माओवादीमा भित्राउन नेता मात्रिका यादवले भूमिका खेलेका थिए ।

रामेश्वर राय यादव


कलवर तिनै ब्यक्ति हुन्, जो २०७४ को प्रतिनिधीसभामा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । उनी त्यसवेला स्वतन्त्रबाट चुनाव लडेका थिए । स्वतन्त्रको गुलाव चुनाव चिन्ह्र लिएर चुनाव लडेका उनी ब्यवसायी पनि हुन् ।

गत चुनावमा एमाले माओवादीको एउटा गठबन्धन र राजपा तत्कालिन फोरम (अहिलेको उपेन्द्र यादवको पार्टी जसपा) वीच चुनावी गठबन्धन भएर चुनाव लडेका थिए । त्यसो हुँदा माओवादीका रामेश्वर राय यादवले उक्त निर्वाचन क्षेत्रमा चुनाव जितेका थिए । यादवले २२ हजार ३ सय ६७ मत पा्रप्त गरेर चुनाव जितेका थिए ।

प्रतिस्पर्धामा कांग्रेसका हरेश प्रसाद महतोले १४९२९ मत पाएका थिए । त्यसपछि अहिले माओवादीमा प्रवेश गरेर टिकट लिन लागेका नरेश साह कलवरले स्वतन्त्रबाट लडेर तेस्रो स्थानमा १२ हजार ८६ मत पा्रप्त गरेका थिए । चौथोमा मात्रै मधेसी गठबन्धनका अशोक कुमार सिंहले १० हजार ८३४ मत पाएका थिए ।


अहिले स्वतनत्र उठेका कलवरलाई माओवादीले उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

सोही आधारमा उनलाई मात्रिका यादव सहितको उपस्थितीमा प्रचण्डले आफ्नै निवासमा पार्टी प्रवेश गराएका थिए । उनको आफ्नै पहुँचका आधारमा पन िमत रहेको र रामेश्वरलाई भन्दा चुनाव जित्न नरेन्द्र साह कलवरलाई सहज हुने भएपछि माओवादीले उक्त क्षेत्रमा कलवरलाई उम्मेदवार बनाउन लागेको माओवादी स्रोतले बताएको छ ।

रामेश्वर रायले सुरुमा आफै टिकटका लागि दौधदुप गरेपनि अन्तत उनलाई समानुपातिकमा राखेर कलवरलाई टिकट दिने गरी प्रचण्डले सहमत बनाएको स्रोतको दावी छ । त्यसपछि रामेश्वर राय पनि सहमत भएको र आफु प्रत्यक्षमा चुनाव नलडने उनले बताउँदै आएका हुन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया