बिहीबार, चैत १५, २०८०

अवैध लागूऔषध ६० किलो गाँजा बरामद

मेरोन्यूज २०७९ असोज १३ गते १२:१९


बारा । सिम्रौनगढ नगरपालिका(१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा अन्दाजी ३र४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त लागूऔषध गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया