शुक्रबार, वैशाख ७, २०८१

आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

मेरोन्यूज २०७९ असोज १३ गते १२:११


धनुषा । आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका(५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया