शनिबार, वैशाख ८, २०८१

लोसपा नेता चौधरी र विवेकशील साझाका ढुंगेल कांग्रेसमा प्रवेश

मेरोन्यूज २०७९ असोज १३ गते ११:०२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर, अदालतको आदेशका कारण उनको मन्त्री पद गएको थियो । चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको एक कांग्रेस नेताले बताए । सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि महामन्त्री गगन थापाको नाम सर्वसम्मत सिफारिस भएर आएको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट ०७४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ ।

यता, विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी प्रवेश गराएका हुन् । यसअघि ढुंगेल काठमाडौं १ (ख) बाट विवेकशील साझाका उमेदवार थिए ।

प्रतिक्रिया