शुक्रबार, वैशाख ७, २०८१

विश्व मुटु दिवस :

‘लाइफलङ औषधि खाने होइन, लाइफलाई लङ बनाउन औषधि खाने हो’

'हामीले मम, चाउमिन जाडरक्सी, चुरोटका असरबारे सोच्दैनौं तर औषधिको साइड इफेक्ट बारे सोच्छौ'

डा.ओममूर्ती अनिल २०७९ असोज १३ गते १०:०३

काठमाडौं । पछिल्लो समय अस्वस्थकर खानपान र निस्क्रिय जीवनशैलीका कारण मुटुजन्य रोगीहरु बढ्दो छन् । मुटु लगायत अन्य रोगबाट बच्न हाम्रो खानपान जीवनशैलीमा हामीले ध्यान दिनुपर्छ । स्वस्थ्यकर खानेकुरामा पैसा पनि कम लाग्छ । तर हामीलाई अस्वस्थ्यकर खानेकुरा महंगो भए पनि त्यही मन पर्छ । अस्वस्थकर खानेकुराले सुरुमा सुगर,पेसर र कोलेस्टोलको समस्या सृजना गरिदिन्छ ।

त्यसपछि मुटुमा असर देखिन्छ जटिलता थपिदै जान्छ । जसका कारण कि मृत्यृु हन्छ या काम गर्न नसक्ने हुन्छ नै जसले आर्थिक भार परिवारमा थपिन्छ । अहिले त यो खादाँ यसले असर गर्छ कि गदैन भन्ने ईन्टरनेटको प्रयोग गरेर हेर्दा भेटिन्छ । जानकारी हुदाँ हुदै पनि, हामीले असर थाहाँ पाउँदा पाउँदै पनि मुखको स्वादका लागि खाईदिन्छौं । जसका कारण हामी रोगी बनिरहेका छौं । त्यसका कारण हामीले जनचेतनासँगै मोटिभेसनको आवश्यकता छ ।

थोरै मात्र रक्तचाप र कोलेस्ट्रोल देखिएको बिरामीले औषधि नखाई जीवनशैली परिवर्तन गरे मात्र पनि हुन्छ। तर २२०-१४० प्रेसर लिएर बिरामीहरु आउँछन्। त्यस्तो बिरामीले पनि मलाई प्रश्न गर्छन्, ‘डाक्टर साब एक्सरसाइज गरेर मात्र पनि हुन्छ की हुँदैन ?’ यस्तो उच्च रक्तचाप भएको बिरामीलाई हामी एक्सरसाइज हैन, केही दिन आराम गर्न सुझाव दिन्छौ।

हामीले मुटु रोग देखा परेपछि बिरामीलाई हामीले औषधि खान सुझाव दिन्छौ। तर औषधि सम्बन्धी कतिपय बुझाईहरु भने गलत छन्। एक पटक औषधि सुरु गरेपछि जीवनभर खानुपर्ने, औषधिले साइड इफेक्ट गर्ने, मिर्गौला बिगार्ने, बानी पर्ने बारे धेरै बिरामीले प्रश्न गर्छन्। यही कारणहरुले गर्दा उक्तचापको औषधि पनि बिरामीहरुले खान चाहदैनन्। म कहाँ समस्या लिएर आउने अधिकांश बिरामीहरुले पनि औषधि खान चाहदैनन्।

‘प्रेसरको औषधि नखानुस्। तपाई जीवनशैली परिवर्तन गर्नुस्। तीन महिनामा प्रेसर ठिक हुन्छ। औषधि खानु पर्दैन। मैले बिरामीहरुलाई भन्छु। तर उहाँहरुले तेस्रो महिनासम्म जीवनशैली परिवर्तन गर्नुहुन्छ। प्रेसर पनि नियन्त्रणमा हुन्छ। तर चौँथो महिनादेखि भने पुरानै शैलीमा जीवन फर्किन सकिन्छ । लाइफलङ औषधि खाने होइन। लाइफलाई लङ बनाउन औषधि खाने हो। मम, चाउमिन, पिज्जा, जाडरक्सी, चुरोट खाँदा हामीले यसको असर बारे सोच्दैनौं। तर औषधिको साइड इफेक्ट बारे सोच्छौ।

त्यसैगरी, २० वर्षभन्दा मुनिकाले मोटोपना, चुरोट मदिरा अस्वस्थ्यकर आहार नलिएरमा,२० देखि ४० वर्ष उमेर समुहकाले पेसर,सुगर कोलेस्ट्रोल, समयमै पहिचान गरेर उपचार गरेमा नियन्त्रणमा राख्न सक्छन् । भने ४० भन्दा माथि ६० वर्ष सम्मकाले मुटुरोगको समयमै जाँच गरे समस्या देखिए औषधि लिएमा कम खर्चमै नियन्त्रण राख्न् सक्छन् ।

हाम्रो कामको प्रकृति, वातावरण, तनावका कारण हामीले सोचेजस्तो जीवनशैली परिवतर्न गर्न सकिरहेका छैनौं। बाहिरी वातावरणीय प्रदूषणले स्वास्थ्यमा निकै प्रतिकुल असर समेत पारिरहेको छ। त्यसैले समस्या देखिएपछि औषधि खानुपर्छ। औषधि सेवनसँगै जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। सन्तुलिन खाना खाने, शारीरिक व्यायाम गर्ने, तनावमुक्त हुने, चुरोट, जाडरक्सी नखाने यसलाई जीवनभर कायम गरियो भने औषधि पनि छोड्न मिल्छ। तर तपाईले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने संभावना कति छ ? त्यसमा पनि भर पर्छ। स्वस्थ्य जीवनशैली परिवर्तन नगरेसम्म समस्यालाई रोक्न औषधिको खाँचो पर्छ।
औषधिको मात्रा, डोज, चिकित्सकको परामर्श अनुसार खानुभयो भने साइड इफेक्ट हुँदैन। यो रोग थाहाँ नै नपाईने हुने हुन्छ ।मुटुमा रोग छ कि छैन भने समय समयमा हामीले स्वास्थ्य जाँच गर्नुपर्छ । समयमै रोकथाम गर्न सकिन्छ । । हाम्रो सत्कार के भयो भने ? हामीलाई रोग नै लाग्दैन । हामीलाई जनचेतना नहुँदा यो समस्या देखिएको छ । त्यो तपाई हामी सबै मिलेर चिर्न आवश्यक छ ।

( नेशनल कार्डियाक सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिलसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया